रूपन्देहीको बेथरीमा झडप,बालकसहित चारजनाको मृत्यु
२०७२ भदौ २९ गते १९:०५ मा प्रकाशित
भदौ, रुपन्देही - रुपन्देहीको बेथरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा प्रहरीले चलाएको गोली लागेर ४ वर्षे बालकसहित चार जनाको मृत्यु भएको छ ।
गाडीहरू स्कर्टिङ गरेर लिम्बिनीतर्फ लैजाने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । स्थानीय प्रशासनले ८ बजेदेखि कर्फ्यू लगाएका छन् ।
झडपमा प्रहरीले चलाएको गोली लागेर गोनाहा ६ का ३५ वर्षका राजकुमार बराई, ३५ वर्षकै बिन्दु लाकोल र १४ वर्षकी रञ्जना क्षेत्रीको मृत्यु भएको छ । लुम्बिनी अञ्चलका प्रहरी प्रमुख गणेश केसीका अनुसार गोली लागेर स्थानीय ४ वर्षे बालक चन्दन कुमार पटेलको पनि मृत्यु भएको छ ।स्थानीयबासीले प्रहरीले बेथरीको पुलमाथिबाट गोली प्रहार गरेको र बजार भर्न आएकाको मृत्यु भएको बताएका छन् । रञ्जना भने घरमै बसिरहेको स्थानीयको दाबी छ ।
प्रहरीले स्कर्टिङ गरेर लैजान लागेको गाडीहरूलार्इ आन्दोलनकारीले भैरहवा लुम्बिनी सडकखण्डको बेथरीमा रोकेर राखेका थिए ।
0 comments
Write Down Your Responses