जिउँदा मान्छेको शव बनाएर सिरहामा प्रदर्शन
२०७२ असोज २४ गते १०:४२ मा प्रकाशित
२४ असोज, सिरहा -तराईमा आन्दोलनरत मधेसी मोर्चाले सिरहामा फरक तरिकाले आन्दोलन सुरु गरेका छन् ।
मोर्चाले तराई आन्दोलनका क्रममा ज्यान गुमाएका ४८ जनाको सम्झनामा ४८ शव बनाएर आन्दोलन सुरु गरेका हुन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रमेश महतो चोकदेखि बजारसम्म जिउँदा व्यक्तिलाई सडकमा सुताएर कात्रो ओडाइएको छ ।
उनीहरुको शरिरमा रगतको सूचक रातो रंग बनाएर छर्किएको छ ।
तस्वीर : सरोज सिद्दिकीको फेसबुकबाट

0 comments
Write Down Your Responses