छोटो कपडा लगाएको भन्दै सलमानलेथर्काए सोनम कपुरलाई
बलिउड नायक सलमान खान र नायिका सोनम कपुरको रोजाइ र फेसनको बिषयमा आ-आफ्नै धारणा छ । सोनम फेसनमा उदार छिन् भने सलमान चलचित्रमा चुम्बनको दृश्य समेत दिन मान्दैनन् । सोनम सार्वजनिक कार्यक्रम होस् या फोटोसुटमा नै किन नहोस्, बहुतै भड्किलो पहिरन लगाउछिन् ।
उनै सोनम अहिले सलमानसँग चलचित्र ‘प्रेम रतन धन पायो’मा एकसाथ देखिदैछन् । यो चलचित्रमा सोनम राजकुमारी र सलमान राजकुमारको भूमिकामा देखिएका छन् । तिहारको अवसरमा यो चलचित्र प्रदर्शन हुँदैछ ।चलचित्रको एक कार्यक्रममा सलमानले सोनमसँगको पहिलो भेटको बयान गरेका छन् ।
जतिबेला सोनमका पिता अनिल कपुर र सलमान एकसाथ काम गरिरेहका थिए, त्यो समयमा यी सुन्दरी छायांकन सेटमा पुगेकी थिइन् । आफ्नो पिताको साथमा पुगेकी सोनम सलमानलाई हेर्न आतुर थिइन् । जब, सलमान सोनमको अगाडि आइपुगे, उनले अचम्म माने ।
सोनमले निकै छोटो पहिरन लगाएर छायांकनमा पुगेकी थिइन् । सोनमलाई देखेर सलमानको रिसको पारो चढ्यो । उनले सोनमलाई तत्काल पहिरन परिवर्तन गरेर आउन भन्दै थर्काएका थिए ।
सोनम अहिले पनि छोटा पहिरन र बोल्ड दृश्यलाई सामान्य मान्छिन् । तर, सलमानको साथमा भने उनले यस्ता पहिरन लगाउन सकिनन् ।

0 comments
Write Down Your Responses