एक सिलिन्डर ग्याँसलाई पाँच हजारमा बेच्ने दुईजना पक्राउ
असोज -१५
चितवन :ग्यास अभावका बेला चर्को मूल्य लिएर बिक्री गर्ने दुईजना बिक्रेतालाई बिहीबार चितवन प्रहरीले समातेको छ। एक सिलिन्डर ग्याँसलाई पाँच हजार रुपैयाँमा बेच्ने भरतपुर–६ का ५१ वर्षीय कृष्णप्रसाद सापकोटा र भरतपुर–१० का ५० वर्षीय ध्रुवप्रसाद पौडेललाई पक्राउ गरेर हिरासतमा राखेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
भरतपुर–५ मा चितवन ग्यास प्रालि सञ्चालन गरेका सापकोटाले आफ्नै घरबाट पाँच हजार रुपैयाँका दरमा ग्यास बेच्दै आएको प्रहरीको भनाइ छ। बिहीबार बिहान साढे नौ बजे प्रहरीले छापा मारेर उनको घरबाट १० सिलिण्डर ग्यास पनि बरामद गरेको छ।
एक सिलिन्डर ग्यासको बजार मुल्य १४ सय रुपैयाँ रहेको छ।
त्यस्तै भरतपुर–१० मा डिपि सप्लायर्स सञ्चालन गरेका ध्रुवप्रसाद पौडेलको पसलमा बिहीबार बिहान आठ बजे प्रहरी पुग्दा उनले पनि पाँच हजार रुपैयाँका दरले ग्यास बेच्दै थिए। प्रहरीले पौडेलको पसलबाट पाँच थान ग्यास सिलिन्डर बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाँय ऐन २०३ अन्तर्गतको कारवाही गर्ने प्रहरीको भनाइ छ। उनीहरु विरुद्ध मुद्दा दर्ता गरी बिहीबार नै चितवन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएपछि दुवै अभियुक्तहरुलाई प्रहरी हिरासतमा राखेको चितवन जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेश वक्तब्यमा उल्लेख छ।
0 comments
Write Down Your Responses