भारतीय दूतावासलेमाग्योनेपाल आयल निगमसँग पेट्रोल

२०७२ असोज २० गते ७:११ मा प्रकाशित

२० असोज, काठमाडौं - भारतले नेपालविरुद्ध लादेको अघोषित नाकाबन्दीबाट इन्धन अभाव चर्किएका बेला काठमाडौंस्थित भारत लगायत विभिन्न दूतावास तेल माग्न नेपाल आयल निगम पुगेका छन् । उनीहरुले दैनिक कामकाज रोकिने अवस्था आएपछि तेल उपलब्ध गराइदिन सोमबार परराष्ट्र मन्त्रालयमार्फत निगमलाई लिखित आग्रह गरेका हुन् ।


 भारतीय दूतावासभित्र उसले आफ्नै पेट्रोल पम्प छ । भित्रै तेल सकिएपछि दूतावास निगमको शरणमा पुगेको नागरिकमा खबर छ । भारतीय दूतावास जस्तै नेपालमा रहेका कूटनीतिक नियोगमध्ये १५ वटामा तेल सकिएको छ । सबैले परराष्ट्रमन्त्रालयमार्फत पत्राचार गरी तेल मागेको निगमसम्बद्ध स्रोतले जानकारी दियो ।

0 comments

Write Down Your Responses