भारतीयअघोषित नाकाबन्दीबाटआफ्नै व्यापारीलाई १० अर्ब घाटा
२०७२ असोज १६ गते ६:३८ मा प्रकाशित
१६ असोज, काठमाडौं - नेपालमा प्रमुख तीन दल र मधेसी मोर्चाबीच वार्ता सकारात्मक भए पनि बिहारको रक्सौल नाकाबाट अझैसम्म आपूर्ति सुचारु भएको छैन् ।
अघोषित नाकाबन्दीबाट भारतीय सीमावर्ती व्यापारीलाई करिब १० अर्ब भारु बराबरको घाटा भएको अनुमान गरिएको छ ।
यसले नाकाबन्दी हटाउन भारतलाई दबाब परेको छ ।
कांग्रेस आईसहित विपक्षी दलहरुले नाकाबन्दी हटाउन दिल्लीमा बेग्लाबेग्लै प्रतिक्रिया दिइरहेका छन् । यस्तो अवस्थामा भारत नाकाबन्दी जारी राख्न पनि नसक्ने र फिर्ता पनि गर्न नसक्ने अवस्था पुगेको नयाँ पत्रिकामा खबर छ ।
0 comments
Write Down Your Responses