धेरैले गृहमन्त्री दाबी गरेपछि प्रचण्डनिवासमा भाँडभैलो

२७ असोज, काठमाडौं - केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न बसेको एमाओवादी स्थायी समितिको बैठकमा सबै नेताहरुले गृहमन्त्री आफूले पाउनुपर्ने बताएपछि बैठक अनिणिर्त बनेको छ ।एमाओवादी स्थायी समितिको बैठक बुधबार बिहान प्रचण्डनिवास लाजिम्पाटमा बसेको थियो ।

 तर, घण्टौंसम्म बस्दा पनि बैठकले मन्त्रीहरु छान्न सकेन ।बैठकमा एमाओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, जनार्दन शर्मा र नन्दकिशोर पुन पासाङले उपप्रधानमन्त्री र गृहमन्त्री आफूले पाउनुपर्ने दाबी गरेका थिए । गृहमन्त्री दाबी गर्नेमध्ये पासाङ संसद सदस्य छैनन् । संसद सदस्य नभएको व्यक्ति मन्त्री बन्न नपाउने संविधानमा व्यवस्था छ ।तर, पूर्वलडाकू पासाङले आफूले उपप्रधानमन्त्री र गृहमन्त्री नपाए बैठकै हुन नदिने चुनौती दिए ।

 संविधान र कानूनले नदिने भए स्थायी समितिले एक मतले पारित गरेर आफूलाई सांसदमा मनोनित गरेर भए पनि मन्त्री बनाउनुपर्ने पासाङले चुनौती दिए ।एमाओवादी संसदीय दलका उपनेतासमेत रहेका टोपबहादुर रायमाझीले आफू सिनियर भएकाले आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरे ।तर, केही नेताहरुले टोपबहादुरलाई बाबुराम भट्टराईको मान्छे भन्दै गृहमन्त्री बनाउन नहुने तर्क गरेपछि बैठकमा चर्काचर्की परेको थियो ।

उता पूर्वलडाकू कमाण्डरसमेत रहेका अर्का सभासद जनार्दन शर्मा प्रभाकरले बरिष्ठ भनेर मात्रै हुँदैन भन्दै सरकारको नेतृत्वमा सक्षम व्यक्ति जानुपर्ने बताए । शर्माले गृहमन्त्रालय र उपप्रधानमन्त्री आफूले पाउनुपर्ने बताए ।बैठकमा सहभागी अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारको नीति र सिद्धान्तबारे छलफल हुनुपर्नेमा मन्त्री हुने होडबाजी चलेको भन्दै असन्तुष्टि पोखेको एक नेताले अनलाइनखबरलाई बताए ।

 पौडेलले टोपबहादुर रायमाझी संसदीय दलको नेतासमेत भएकाले वरिष्ठताको हिसाबले उनैले सरकारको नेतृत्व गर्नुपर्ने बताएका थिए । महराले सभामुख हुन्न भनेपछि ओनसरीको चर्चा स्थायी कमिटीको बैठकमा केही नेताहरुले सरकारको नेतृत्व पार्टी महासचिव कृष्णबहादुर महराले गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

 केहीले महरालाई सभामुख बनाउनुपर्ने प्रस्ताव गरे ।तर, महराले आफू सभामुख नहुने बरु पार्टी संगठनमा सक्रिय हुने बैठकमा प्रतिक्रिया दिए ।उता स्थायी समिति सदस्य वर्षमान पुनले आफ्नी पत्नी ओनसरी घर्तीलाई सभामुख बनाउनुपर्ने बैठकमा प्रस्ताव गरे । ओनसरीलाई सभामुख बनाउनेमा पार्टी अध्यक्ष प्रचण्ड पनि सकारात्मक देखिएको स्रोतले अनलाइनखबरलाई बतायो |

1 comments

याे नाैटङ्कीले नेपाली जनताकाे र देशकाे शीर झुक्याे ।

Write Down Your Responses