फेरि गयो ६.८ म्याग्निच्यूडको भूकम्प
POSTED ON : NOVEMBER 7, 2015, IN : WORLD NEWS
कुविक एनपी न्युज
चिलीको भूशास्त्र अध्ययन संस्थाका अनुसार भूकम्पछि सुनामी चेतावनी भने दिएको छैन । प्रशान्तमहासागरिय सुनामी चेतावनी केन्द्र सुनामीको चेतावनी जारी नगरेको बताइएको छ ।
भूकम्पको केन्द्रविन्दु सान्टियागो सहरबाट ३ सय किलोमिटर उत्तरमा पर्ने इलाकामा ३६ किलोमिटर गहिराइमा रहेका पनि सो संस्थाले बताएको छ । गत सेप्टेम्बरमा पनि सोही क्षेत्रमा ८.३ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पमा परी १५ व्यक्तिको मृत्यु हुनुको साथै १६ हजार भन्दा बढी घरवारविहिन भएका थिए । एजेन्सी
0 comments
Write Down Your Responses