हङकङका लागि उडेको जहाज आकाशबाटै काठमाडौं फर्कियो
२०७२ कार्तिक २१ शनिबार
काठमाडौं
: काठमाडौंबाट हङकङका लागि उडेको नेपाल वायुसेवा निगमको एयरबस प्राविधिक समस्या आएपछि बीचबाटै फर्केर काठमाडौं उत्रेको छ।
काठमाडौंबाट उडेको एकघन्टामै समस्या आएपछि पाइलटले जहाजलाई डाइभर्ट गराएर काठमाडौं ल्याएका हुन्। जहाजलाई ग्राउन्डेड गराएर प्राविधिक परीक्षण भइरहेको निगमका प्रवक्ता रामहरी शर्माले बताए।
उडिरहेको जहाजमा पछाडितर्फको भागमा अस्वभाविक गन्ध आएपछि फिर्ता ल्याइएको निगमले जनाएको छ। जहाजमा १ सय २२ यात्रु थिए ।
प्रवक्ता शर्माले जहाजमा देखिएको समस्या के हो भन्ने बारेमा प्राविधिक परीक्षण नगरी केही भन्न नसकिने बताए।
चालक दलले विमान आकस्मिक अवतरणका लागि आग्रह गरेपछि केही बेर विमानस्थलमा अन्य सेवा प्रदायकका जहाजको उडान र अवतरणसमेत स्थगन गर्नुपरेको थियो । विमानको उडान समय बिहान ११.२० थियो र ५५ मिनेटपछि विमानस्थलमा फिर्ता ल्याइएको थियो।
0 comments
Write Down Your Responses