१४ सयको ग्यास आठ हजारमा बेच्ने पक्राउ
कार्तिक २० - २०७२
कुविक एनपी न्युजबाट
नेपालगन्ज : बाँकेमा रहेको मनाकामना ग्यासका सञ्चालक राजेशकुमार श्रेष्ठलाई प्रहरी पक्राउ गरेको छ । खाना पकाउने एल पी ग्यासमा कालोबजारी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।साधारण बजार मूल्य १४ सय रुपैयाँ पर्न ग्यास ८ हजारसम्म ग्यास बिक्री गरेको उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले जानकारी दिए ।
उनले १ हजार ४ सय पर्ने ग्यासलाई उनले आठ गुणा बढी मूल्यमा विक्री गरेका खुलेको छ । श्रेष्ठलाई हिरातसमा लिएर सो सम्बन्धमा अनुसन्धान भइरहेको छ ।इन्धन र खाद्य पदार्थका भइरहेको कालोबजारीविरुद्ध बाँके प्रशासनले निगरानी बढाएको जनाएको छ ।
0 comments
Write Down Your Responses