भ्लादिमिर पुटिन विश्वकै शक्तिशाली नेता, कुन देशका कुन नेता कती औँ स्थानमा ?

काठमाडौं, २० कात्तिक

भ्लादिमिर पुटिन फेरि विश्वको शक्तिशाली व्यक्ति बनेका छन्। अमेरिकी पत्रिका फोर्ब्सले २०१५ का शक्तिशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ, जसमा पुटिन पहिलो स्थानमा कायमै छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामा र चीनका राष्ट्रपति सी निजपिङलाई पछि पार्दै जर्मन चान्सलर एंगेला मोर्केल दोस्रो स्थानमा उक्लिएकी छ्न्।

 २०१४ मा उनी पाँचौं स्थानमा थिइन्। ओबामा एक स्थान तल झरेर तेस्रो स्थानमा छन् भने पोप फ्रान्सिस चौथो स्थानमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ पाँचौं स्थानमा छन्। अघिल्लो बर्ष चिनियाँ राष्ट्रपति सी तेस्रो स्थानमा थिए। बिल गेट्स छैटौं, जान यालन सातौं र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन आठौं स्थानमा छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नवौं शक्तिशाली व्यक्ति बनेका छन्। मोदी पहिलो पटक विश्वका १० शक्तिशाली व्यक्तिभित्र परेका छन्।

 २०१४ मा उनी १५ औं स्थानमा थिए। फोर्ब्सले जारी गरेको ७३ शक्तिशालीहरुको सूचीको दशौं स्थानमा गुगलका सीईओ ल्यारी पेज छन्। फेसबुकका संस्थापक मार्क जुकरबर्ग १९ औं, एपलका टीम कुक २७ औं, भारतीय अबरपती मुकेश अम्बानी ३६ औं, ब्राजिलका राष्ट्रपति डिल्मी रुसेफ ३७ औं र राष्ट्रसंघका महासचिव वान कि मुन ४० औं स्थानमा छन्।

 जापानका प्रधानमन्त्री सिन्जो आबो ४१ औं र उत्तर कोरियाका नेता किम जान उन ४६ औं स्थानमा छन्। चरमपन्थी संगठन इश्लामिक स्टेटका नेता अब बकर अल बग्दादी ५७ औं शक्तिशाली व्यक्ति बनेका छन् । हिलारी क्लिन्टन ५८ औं स्थानमा रहँदा उनका पति पूर्व राष्ट्रपति बिल क्लिन्टन ६४ औं स्थानमा परेका छन् ।

,

0 comments

Write Down Your Responses