चीनले नेपालसँगको थप सात नाकामा भन्सार कार्यालय खोल्ने

कुविक एनपी न्युजबाट 

   १९ कात्तिक, काठमाडौं - चीनले नेपालसँगको थप सात वटा नाकाबाट ब्यापारिक कारोबार सुरु हुने भएको छ । नेपाल र चीनका अधिकारीहरुबीच भएको वार्तामा सातवटा नाका भन्सार स्थापना गर्न सहमति भएको हो ।नेपालमा भ्रमणमा रहेको ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोई नेतृत्वको टोलीसँग तीन दिनसम्म भन्सार विभागले गरेको छलफलले चीनसँगको अन्य ७ वटा नाकालाई व्यपारिक रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको दुई देशीय वार्तामा संखुवासभाको किमाथाङका, मुस्ताङको कोरला, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, हुम्लाको यारिङ, दोलखाको लामाबगर र मुगु नाकाबाट भन्सार नै स्थापना गरेर व्यापारिक आयात निर्यात सुरु गर्ने सहमति भएको भन्सार विभाग स्रोतले जनाएको छ ।आज साँझ ५ बजे काठमाडौंकोमा एक कार्यक्रमकाबीच यस सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

 चीनियाँ टोलीसंग भुकम्पा पछि  बन्द रहेको तातोपानी नकालाई छिट्टै पुरानै अवस्थामा ल्याएर सञ्चालन गर्ने सहमति पनि भएको छ । बैठकमा चीनसँगको व्यापारिक नाका तथा मार्गहरुलाई सहज बनाउने विषयमा सहमति भएको भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले अनलाइनखबरलाई जानकारी दिए ।

यसैगरी चीनले विभिन्न वस्तुमा दिएको शुन्य भन्सार सुविधा कार्यान्वयन लगायतका विषयमा आजै औपचारिक सहमति हुँदैछ । वार्तामा नेपाली टोलीको नेतृत्व भन्सार विभागका उप-महानिर्देशक संयोजक दामोदर रेग्मीले गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses