भाजपाका सांसदले भने- नेपालका १५ जिल्ला खोसेरै भारतमा गाभ्नुपर्छ

२०७२ मंसिर ९ गते

मंसिर, काठमाडौं -भारतीय जनता पार्टीका सांसद एवं पूर्व क्रिकेटर कीर्ति आजादले नेपालको तराइ भेगका १५ वटा जिल्ला भारतको भएको दावी गरेका छन् । तराइका १५ जिल्लालार्इ भारतमा गाभ्नुपर्ने भन्दै उनले कुटनीतिक माध्यमबाट नेपालले नमाने बल प्रयोग गरेर खोसेरै लिनुपर्ने समेत बताएका छन् । भारतको दरभंगामा भएको एक कार्यक्रममा भाजपाका सांसद आजादले मधेसका १५ जिल्ला अंग्रेजले नेपाललाई दिएको दावी गरे ।

उनले भने, त्यो सबै हिन्दुस्तानको भूभाग थियो । तर, कसैले न त्यसबेला आवाज उठाए, न अहिले फिर्ता लिन पहल गरेका छन् ।’ भाजपा सांसद आजादले अब त्यसका लागि लड्ने बताएको भारतीय पत्रिका जागरणले जनाएको छ । १५ जिल्ला फिर्ता लिन संसदमा आवाज उठाउने भदै उनले भने, नेपाल यसका लागि तयार भएन भने खासेर लिनुपर्छ ।

’ उनले नेपालमा भइरहेको मधेस आन्दोलनको समर्थन गर्दै उनीहरुको माग पुरा गर्नु पर्ने समेत बनाएका छन् । तराइमा नेपालको प्रहरीले बल प्रयोग गरेर ज्यादति गरेको समेत उनले दावी गरेका छन् ।यसअघि भाजपाकै नेता राजनाथ सिंहले नेपालमा करिव डेढ करोड भारतीय नागरिक रहेको भन्दै उनीहरुको सुरक्षा भारतको सरकारको प्राथमिकतामा रहेको बताएका थिए ।

भारतीय अधिकारीहरुले मधेसी समुदायलाई भारतीय मूलको भन्दै उनीहरुको पक्षमा लाग्नु स्वभाविकै भएको तर्क गर्ने गरेका छन् । तर, कुनै भारतीय सांसदले नेपालको भूभागमाथि नै दावी गर्नेगरी पहिलोपटक अभिब्यक्ति दिएका हुन् । नेपालमा बिखण्डनबादी आन्दोलन चलाइरहेका सीके राउत र भाजपा सांसद किर्तिको आवाज एउटै देखिएको छ ।

,

0 comments

Write Down Your Responses