बुबाको स्मृतिमा क्याम्पसलाई पाँच थान कम्प्युटर सहयोग
Published On: December 31, 2015
झापा, १६ पुस-
झापाका दुई युवाले आफ्ना बुबाको वार्षिक पुण्य तिथिमा बिर्तामोडस्थित देवी क्याम्पसलाई कम्प्युटर सहयोग प्रदान गर्नुभएको छ ।
झापा गरामनी–९ निवासी स्वर्गीय शालिगराम पाठकको स्मृतिमा छोराहरु सागर र हिमाल पाठकले क्याम्पसलाई पाँच थान कम्प्युटर सहयोगस्वरुप बुधबार हस्तान्तरण गर्नुभयो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिचरण शिवाकोटी र क्याम्पस प्रमुख लेखनाथ भट्टराईलाई कम्प्युटर हस्तान्तरण गरिएको थियो ।
अति विपन्न समुदायका विद्यार्थी अध्ययनरत रहेको उक्त क्याम्पसको शैक्षिक स्तरोन्नतिका लागि आगामी दिनमा समेत कम्प्युटर सहयोग गर्ने उहाँहरुले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका पुराना नेता एवम् समाजसेवी शालिगराम पाठकको गत वर्ष निधन भएको थियो । रासस

0 comments
Write Down Your Responses