राप्रपा नेपालमा प्रवेश गरेको एक महिना नपुग्दै कोमल वलिले दिईन रेडियो नेपालबाट राजिनामा

काठमाडौं - राप्रपा नेपालमा प्रवेश गरेको एक महिना नपुग्दै कोमल वलिले रेडियो नेपालबाट राजिनामा दिएकी छन् । 

रेडियो नेपालमा समाचारवाचनबाट चर्चित भएकी सञ्चारकर्मी तथा गायिका वलीले ‘फुल टाइम’ राजनीति गर्ने सोच लिएर बीस वर्षे जागिर छोडेको बताएकी छिन् । पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टीमा प्रवेश गर्नेहरुको लहर चलिरहँदा उनी पनि राप्रपाका कार्यक्रममा बढी देखिन्थिन् । 

सरकारी कर्मचारी राजनीतिक पार्टीमा सक्रिय रहेको भन्दै उनको आलोचना समेत भएको थियो । उनीविरुद्ध हेल्लो सरकारमा गुनासो परेपछि सुचना तथा सञ्चार मन्त्रालयले उनीसँग स्पष्टिकरण समेत सोधेको थियो । उनी भन्छिन्, ‘जागिर छोडेपछि मात्र सक्रिय राजनीतिमा लाग्ने पहिलेदेखिकै सोच भएकाले अब बल्ल सदस्य बन्दैछु । आउँदो महाधिवेशनमा केन्द्रिय सदस्यमा उठ्ने निर्णय गरेको छु ।’

,

0 comments

Write Down Your Responses