प्रहरीबाटै यौनशोषण भएको खुलासा !

काठमाडौं, ११ पुस ।

 वैशाखको विनाशकारी भूकम्पले रमा गुरुङ (नाम परिवर्तन) को जीवनमा ठूलो विपत् ल्याइदियो । त्यो भन्दा ठूलो विपत काठमाडौंको डान्सबारमा यौनशोषण सहनुपर्दा सहनुपरेको छ उनले । भूकम्पमा परिवारका सबै सदस्य गुमेर बेसाहरा बनेकी उनलाई एक युवतीले जागिर लगाइदिन्छु भनेर काठमाडौं ल्याई डान्सबारको जिम्मा लगाइदिएपछि रमाले धेरै व्यक्तिको यौनशोषण सहन बाध्य भएकी हुन ।

 अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन् ‘मलाई प्रहरीले ओच्छ्यान बनाएका छन् । तपाईहरुसँग कारबाही गर्ने हिम्मत छ भने मेरो गोपनीयता कायम गरिदिनोस् म नाम दिन तयार छु ।’ उनले डान्सबारका मालिकबाट पनि यौनहिंसाको सिकार हुनुपरेको बताइन् ।

 ‘खानलाउन दुःख भएकै कारण यौनकर्ममा लाग्नुपरेको उनको गुनासो छ ।मैले रहरले यस्तो पेसा छानेको होइन, पढ्न र खान पुगोस्, यो पेसा छाड्न तयार छु । मैले नचाहेर पनि अस्मिता लुटाउनुपर्‍यो, उनले भनिन् ।’ गुरुङ जस्तै पीडा भोगेकी सिन्धुपाल्चोककी बन्दना राई (नाम परिवर्तन) को पनि छ । 

भूकम्पमा परिवार गुमाएकी उनीसँग छोरीमात्रै जीवित छन् ।

0 comments

Write Down Your Responses