बाख्राको दूध बेचेर मासिक डेढ लाख

२०७२ भदौ २० गते १३:५० मा प्रकाशित
२० भदौ, काठमाडौं - गाइभैंसीको दूध बेचेर कृषकले लाखौं कमाएको समाचार त पक्कै पनि तपाईले सुन्नु/पढ्नु भएकै थियो । तर, आज हामी तपाईलाई बाख्राको दूध बेचेर लाखौ कमाउने किसानको रामकहानी पस्कदैछौं । बाख्राको दूध र दूधबाट चिज उत्पादन गरी मासिक लाखौ कमाउने किसान हुन्, मकवानपुरको चित्लाङका अशोककुमार सिंह ठकुरी । 

फ्रान्सको पेरिसमा पाएको २ लाखको जागिर छोडेर १२ वर्षअघि स्वदेश फर्किएका ठकुरीले बाख्रा पालेरै महिनाको डेढ लाख आम्दानी गर्दै आएका छन् । स्वदेशमा रोजगारी पाइएन भन्दै खाडीमा मजदुरी गर्न जानेहरूलार्इ ठकुरीको सफलताले चुनाैति दिएको छ । के गर्ने होला भनेर अलमलमा रहेका युवाहरूलार्इ भने यो कथा सम्मृद्वितर्फको प्रवेसद्वार हुनसक्छ ।
 २०५९ मा फ्रान्सन्समा बाख्रापालन तालिम लिएका ठकुरी स्वदेश फर्किएर चित्लाङमा बाख्रा फार्म सुरु गरे । हाल उनको फार्ममा विभिन्न जातका १ सय बढी बाख्रा छन् । फार्ममा १३ वटा सानन, २५ वटा सानन क्रस र बाँकी खरी र जमुना जातका बाख्रा रहेको उनले सुनाए । २ वर्षपछि मासिक ३ लाख कमाउने योजना रहेको ठकुरीले सुनाए ।
 ठकुरीले चित्लाङमा स्थापना गरेको बाख्राको दूधबाट चिज उत्पादन गर्ने कारखाना नेपालकै निजी क्षेत्रको पहिलो कारखाना हो । उनले सात जनालाई रोजगारी दिएका छन् । फ्रान्स जानुअघि ठकुरी लामो समय बेल्जियम बसेका थिए । बाख्राको दूधबाट उत्पादित चिज नियमित खानाले पायल्स आजीवन नहुने र क्यान्सर रोगसँग लड्न सक्ने क्षमता ९० प्रतिशतमाथि हुने ठकुरीले दाबी गरे ।
 मानव स्वास्थ्यका लागि हितकर भएपछि विश्वभर बाख्राको दूधबाट उत्पादित चीजप्रति आकर्षण बढ्दो छ । उनको फार्मममा सानन जातका बाख्रा छन् । यो जातको बाख्रा संसारभर दूध उत्पादनका लागि प्रसिद्ध मानिन्छ । चार लिटर दूधको एक किलो चिज चार लिटर दूधबाट एक किलो चिज बनाउने उने जानकारी दिए । दूध प्रतिलिटर २ सय रुपैयाँमा र कडा चिज प्रतिकिलो २५ सय रुपैयाँमा बिक्री गर्दै आएको सुनाए ।
 नरम चिज भने किलोको १५ सय रुपैयाँमा बिक्री गर्दै आएको ठकुरी बताउँछन् । दैनिक ६ किलो चिज उत्पादन गर्दै अाएको उनको भनाइथियो । एउटै बाख्राको दूध डेढलिटरबाख्रा विकास फार्म चित्लाङका अनुसार सानन जातको एउटा बाख्राले एक दिनमा आधा लिटरदेखि डेढ लिटरसम्म दूध दिने जनाएको छ ।
 दूधमा औसत ३ .५५ प्रतिशत चिल्लो पदार्थ पाइन्छ । यो जातका बाख्राको शारीरिक तौल औसत ६५ किलो र बोकाको शारीरिक तौल ९५ किलोसम्म हुने फार्मले जनाएको छ । बाख्राको दूधबाट निर्माण भएको चिज मागअनुसार आपूर्ति गर्न नसकको ठकुरीको गुनासो छ । उत्पादित चिज काठमाडौँका तारे होटलमा बिक्री वितरण गर्ने गर्दै आएको बताउँछन्, उनी ।
 ‘अन्य शहरहरुबाट पनि माग आएको छ । तर, दिन सकिरहेको छैन ।’ ठकुरीले भने । सामुदायिक होमस्टेमा खैरेको आकर्षण ठकुरीले चित्लाङमा सामुदायिक होमस्टेसमेत सञ्चालनमा ल्याएका छन् । बाख्राको दूधबाट उत्पादित चिज खान आउने स्वदेशी तथा विदेशी पर्यटकको भिड नै लाग्छ उनले सञ्चालन गरेको होमस्टेमा । देशभरबाट उनको फार्म भ्रमण गर्न आउनेहरु पनि उत्तिकै छन् ।
पर्यटकलाई बाख्राको दूध र चिज खुवाएर स्वागत गर्छौ ।’ उनले भने- फ्रान्स, अस्ट्रेलिया, बेल्जियमलगायत अन्य केही युरोपियन मुलुकबाट आएका पर्यटकले बाख्राको चिज असाध्यै मन पराउँछन् ।’ ५० लाख लगानी बाख्रापालन र चिज उत्पादनका लागि ५० लाख रूपैयाँ लगानी भएको ठकुरीले सुनाए । ‘बाख्रामा २० लाख र भवन तथा इक्विपमेन्टका लागि २५ लाख रुपैयाँ लगानी छ ।’ उनले भने । लागनीमध्येको अधिकांस बैंकको ऋण भएको उनले बताए ।

0 comments

Write Down Your Responses