अमेरिकाको भिसा त्यागेर नेपालमै गाईफार्मका मालिक, वाषिर्क कमाई पाँच करोड
भदौ, काठमाडौं- सरकारले पीआरधारी कर्मचारीलाई कि जागिर कि पीआर त्याग्न अल्टिमेटम दिएपछि अधिकांश कर्मचारी जागिर नै छाडेर अमेरिका रोजेका छन् । तर रुपन्देही टिकुलीगढका शशीधर शर्मा पौडेल भने अमेरिकी भिसा त्यागेर देशमै गाईफार्म सञ्चालन गरेर बसेका छन् ।
१५ वर्षअघि सरकारी विद्यालयमा स्थायी शिक्षकको जागिर खाएका पौडेलले आफ्नै पेट्रोल पम्प पनि चलाएका थिए । बुटवलमा घरजग्गा भएकाले आर्थिक अवस्था पनि राम्रो रहेको पौडेललाई अमेरिका जाने भुत चढेपछि घरजग्ग्ाा र पेट्रोलपम्प बेचेर अमेरिकाका जाने सुर कसे ।
अमेरिकाको लागि पाँच वर्षको भिसा पनि लागेपछि उनी अमेरिका पुगे ।
तर दुई हप्तामै उनले मन बदले । दोस्रो दर्जाको नागरिक भएर बस्नु भन्दा आफ्नै देशमा केही गर्छु भनेर उनी दुई हप्तामै भिसा त्यागेर स्वदेश फर्किए । स्वदेश फर्किएर उनले २०६५ सालदेखि ब्यवसायिक रुपमा गाई पाल्न शुरु गरेको खबर छ ।गाई पाल्न लुम्बिनी एग्रो प्रोडक्स एण्ड रिसर्च सेन्टर प्रालिमार्फत रुपन्देहीको टिकुलीगढमा १० विगाहा जग्गा किनेर आधनिक शैलीको गोठ बनाए ।
शुरुमा होलस्टन र जर्सी जातका दुई सय बढी गाई ल्याए । शुरुमै २५ करोड लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले २० विगाहाको क्षेत्र विस्तार गरी ८० करोड लगानी पुर्याएका छन् । उनको फार्ममा अहिले पाँच सय गाई छ भने दैनिक एक हजार लिटर दूधबाट वाषिर्क पाँच करोड रुपैयाँ आम्दानी गर्छन् ।
0 comments
Write Down Your Responses