भूकम्पबाट पाकिस्तान र अफगानिस्तानमा मृतु हुनेको संख्या २८० पुग्यो
कुविक एनपी न्युजबाट
एजेन्सी : अफगानिस्तानको हिन्दूकुश पर्वत श्रृंखलामा सोमबार गएको भूकम्पबाट पाकिस्तान र अफगानिस्तानमा २८० जना बढी मानिसको ज्यान गएको छ। भूकम्पबाट हालसम्म १८ सय मानिस घाइते भएको जानकारी आएको छ । पाकिस्तानमा २१० बढि मानिस मारिएका छन्। त्यसैगरी अफगानिस्तानमा ६० जनाबढी मानिसको मृत्यु भएको खबर आएको छ ।
अफगानिस्तानको एक स्कूलमा भूकम्पछि भएको भागदौडमा १२ जना विद्यार्थीको ज्यान गएको छ । पाकिस्तानको स्वात घाटी र पेशावर इलाकामा सयौं घर जमिनमा मिलेका छन् । भूकम्पको कडा झट्का उत्तर भारत र नेपालमा पनि महसुस गरिएको थियो ।
तर यी दुबै देशमा भूकम्पले कुनै नोक्सान गरेको समाचार आएको छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अर्साफ घानी र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद नवाज सरिफलाई बेग्लाबेग्लै समवेदना पत्र पठाउँदै सोमबार अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय र ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
१० वर्षयता पाकिस्तान र अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण मानिसमा त्रास फैलिएको थियो। यसअघि गत बैशाख १२ मा नेपालमा ७.८ म्याग्निच्यूडको भूकम्प जाँदा ८ हजार बढी मानिस मारिएका थिए । ग्रामीण इलाका ठूलो क्षति भएको आशंकमा दुबै देशले राहत एवम् उद्धार टोली तथा सेनालार्इ पनि परिच लित गरिसकेका छन् । ‘अमेरिकन भूगर्भ विभाग’ का अनुसार ७.५ म्याग्निच्यूडको भूकम्पका केन्द्र अफगानिस्तानको राजधानी काबुलबाट २५० किलोमिटर टाढाको उत्तरपूर्वी हिन्दुकुश पर्वतमा गएको हो ।
यो भूकम्प पृथ्वीको करिब २१३.५ किलोमिटर तल गएको हो । भूकम्पबाट हजारौं घर भत्किएका छन् । कयौं स्थानमा पहाडै खसेर पहिरो झरेको छ । दुबै देशका सरकारले प्रभावित क्षेत्रमा बचाउका लागि सेनाका जवानलार्इ पठाइसकेका छन् । पाकिस्तानी सेनाका प्रमुख जनरल राहिल शरीफ खबर पख्तुनख्वा आफैं पनि कयौं ग्रामीण इलाकामा उद्धारका लागि सेनासहित परिचालित भएका छन् ।
पाकिस्तानी सेनाको मिडिया इकाइका महानिर्देशक लेफ्टिनेन्ट जनरल आसिम बाजवाले ट्वीट गर्दै भने, ‘सेना प्रमुख पेशावरस्थित कोर मुख्यालय पुग्नुभएको छ ।कोर कमाण्डर (पेशावर हिदायत-उर-रहमान) ले उहाँलार्इ नोक्सानको आँकलनबारेमा जानरी गराए ।’पाकिस्तानी मिडियाका अनुसार खबर पख्तूनख्वा प्रान्त र संघ प्रशासित क्षेत्र (फाटा) मा १९१ मानिस मारिएका छन् ।
त्यसैगरी पञ्जाब प्रान्तमा पाँच र पाकिस्तान नियन्त्रित कश्मिर तथा गिलगित बाल्टिस्तानमा चार मानिसको मृत्यु भइसकेको छ ।समाचार अनुसार पख्तूनख्वामा ९५६ मानिस घाइते भएका छन् । भूकम्पबाट सबैभन्दा प्रभावित मालाकन्द इलाका रहेको छ, जहाँ १३७ जना मानिसको ज्यान गएको छ ।
प्रान्तीय दैवी प्रकोप प्राधिकरणले जिल्ला प्रशासनलार्इ निर्देशन दिँदै बचाउ एवम् राहत कोषको प्रयोग गर्न भनेको ५ । सबै सरकारी अस्पतालमा आपातकालिन स्थिति घोषित गरिएको छ । प्रभावित इलाकामा आवश्यक वस्तु पठाइसकिएको छ ।
खबर अनुसार पख्तूनख्वाहको चितराल, स्वात, शाङ्गला, डिर र बुनेर जिल्लामा कयौं घर ढलेका छन् ।पाकिस्तान मौसम विज्ञान विभागले जनाएअनुसार यस भूकम्पको पहिलो झट्का सोमबार दिउँसो करिब २ बजेर ९ मिनेटमा महसुस गरिएको थियो । पहाडी इलाकामा ठूला पहिरो झरेको पनि समाचार आइरहेको छ । यो अवस्थामा ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
0 comments
Write Down Your Responses