फोन नउठाएको भन्दैश्रीमतीको नाकलोग्नेले खाइदिए
२०७२ भदौ २४ गते ९:१५ मा प्रकाशित
कसैकसैको रिसको पारो यति नराम्रोसँग उम्लिन्छ की सानै निहुँमा पनि ठूलै वितण्डा गर्दछन् । चीनमा यस्तै भएको छ । श्रीमतीले फोन नउठाएको झोँकमा एक जना पुरुषले आफ्नै श्रीमतीको नाक दाँतले टोकेर खाइदिएका छन् । पूर्वी चीनको शेंगडंग प्रान्तमा यो घटना भएको हो ।
पीडित महिलाको पूरै परिचय खुलाइएको छैन र छोटकरी नाम येंग बताइएको छ । समाचार अनुसार येंगले अफिसमा रातको सिफ्टमा काम गर्थिन् । रातको दुइ बजेतिर उनका पतिले उनलाई फोन गरेछन् तर उनले उठाउन पाइनन् ।
श्रीमतीले आफ्नो फोन नउठाएपछि लोग्नेचाहीँ रिसले आगो भए । अर्को बिहान सबेरै उनी श्रीमतीको अफिसमै पुगे । गाली गलौज गर्दै सिकारी जनावर झम्टिएझैँ गरी पत्नीको नाकमा आफ्नो दाँतले धावा बोले । आफ्नो दाँतले श्रीमतीको नाक क्वाप्पै चुँडाएपछि उनले उक्त नाकलाई सर्लक्कै निले ।
श्रीमतीको नाकमा धावा बोल्नुअघि उनले रिसाउँदै भनेका थिए : मैले फोन गरिरहेको बेलामा किन उठाइनस् ?घटनापछि पीडित महिलाले आफुलाई लोग्नेले भित्तातर्फ धकेलेको र आफ्नो टाउको भित्तामा ठोक्काइदिएर नाक खाइदिएको बताएकी छिन् ।
डाक्टरहरुका अनुसार येंगको नाक पूरै गुमेको छ । अब नयाँ कृत्रिम नाक राख्नु आवश्यक हुन्छ । श्रीमतीको नाक खाइदिएपछि ती हिंश्रक लोग्ने फरार भएका छन् र पुलिसले उनको खोजी गरिरहेको छ ।
0 comments
Write Down Your Responses