नवनियुक्तनेपाली सेनाका ४२औँ प्रधानसेनापति
काठमाडौँ – नवनियुक्त प्रधान सेनापति राजेन्द्र क्षत्रीले राष्ट्रपति डा रामवरण यादवबाट महारथीको फुली (दज्र्यानी चिह्न) लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले नवनियुक्त प्रधानसेनापति क्षत्रीलाई दज्र्यानी चिह लगाइदिएका हुन् ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री एवम् रक्षामन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, परराष्ट्रमन्त्री मन्त्री महेन्द्रबहादुर पाण्डे, संवैधानिक निकायका प्रमुख एवम् अरु सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए ।
नेपाली सेनाको ४२औँ प्रधानसेनापतिका रुपमा उहाँले सैनिक मुख्यालय जङ्गी अड्डामा आजै पदभार ग्रहण गरेका छन् ।
0 comments
Write Down Your Responses