छोटोकदभएको भन्दै आफ्नो लोग्नेलाई ............

२०७२ असोज २५ गते ११:३९ मा प्रकाशित

लोग्ने स्वास्नीबीच सम्बन्ध विच्छेद हुनुका पनि अनेक कारण तथा निहुँ हुँदा रहेछन् । धर्मसंस्कारलेे चरम पुरुष प्रधान देश भएर के गर्नु साउदी अरबमा एक महिलाले कद छोटो भएको भन्दै आफ्नो लोग्नेलाई तलाक दिएकी छिन् ।

 ७ महिनाअघि बिहे गरेकी ती २० वर्षीया महिलाले आफ्नो लोग्नेको जिउ निकै छोटो भएको हुँदा आफुले दाम्पत्य जिवनलाई सम्हाल्न नसकेको र सम्बन्धलाई कायम राख्न असमर्थ भएको भन्दै सम्बन्ध विच्छेदको कानूनी निवेदन दिएकी हुन् । यद्यपि ती महिला र उनका पतिको नाम भने खुलाइएको छैन ।

 सोसल मिडियामा यो खबरले सनसनी मच्चाएसँगै मानिसहरुले ती युवतीप्रति बढि कटु आलोचना गरे । केटाको उचाइ पहिले नै थाहा भएको अवस्थामा किन बिहे गरेर धोका दिनु परेको होला ? भनेर धेरैले प्रश्न गरे । यद्यपि प्रेम सम्बन्ध तथा तथा दाम्पत्य सम्बन्धमा उचाइले प्रभाव पारेको यो पहिलो घटना भने होइन ।

 राइस युनिभर्सिटी तथा युनिभर्सिटी अफ टेक्सासले गरेको एक संयुक्त अध्ययन अनुसार महिलाहरु अग्लो पुरुष मन पराउँछन् । किनकी उनीहरु अग्लो पुरुषसँग आफुलाई बढि सुरक्षित अनुभव गर्दछन् । उता पुरुषको हकमा भने यो नियम उल्टो हुने गर्दछ । 

अनलाइन डेटिंग साइटहरुको तथ्यांक अनुसार १३.५ प्रतिशत पुरुषहरु आफुभन्दा होँचा महिलासँग डेटिंगमा जान चाहन्छन् । जबकी ५० प्रतिशत भन्दा बढि महिलाहरु आफुभन्दा अग्ला पुरुषसँग डेटिंगमा जान चाहन्छन् ।

,

0 comments

Write Down Your Responses