अपडेट: आजको विनाशकारी भूकम्पपछि के-के भयो भारत र पाकिस्तानमा ?
कुविक एनपी न्युज बाट
नयाँदिल्ली, ९ कात्तिक - अफगानिस्तानको हिन्दुकुश पर्वत आपसपास केन्द्रबिन्दु बनाएर आज गएको महाभूकम्पबाट भारतको राजधानी दिल्लीसहित उत्तरी भारतमा निकै ठूलो क्षति पुगेको छ ।स्थानीय समय अनुसार, दिउँसो पौने ३ बजे गएको ७.७ रेक्टर स्केलको भूकम्पबाट उत्तर भारतमा निकै ठूलो झट्का महसुस भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
भूकम्पको झट्का करिब तीन मिनेटसम्म महसुस गरिएको थियो |
भूकम्प आउनसाथ मानिसहरुको भागदौड मच्चिएको थियो भने दिल्लीमा मेट्रो रेल सेवा बन्द भएको छ ।दिल्ली, हरियाणा, पंजाब, उत्तर प्रदेश, राजस्थान, पश्चिम बंगाल, श्रीनगर समेत भारतका अधिकांश भाग भूकम्पबाट हल्लिएको थियो ।भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको दक्षिण पश्चिम जर्मबाट ४५ किलोमिटर टाढा हिन्दुकुशमा रहेको बताइएको छ ।
यो स्थान राजधानीकाबुलबाट२५६किलोमिटर उत्तरमा पर्छ । भूकम्पको केन्द्र धरतीबाट करिब १ सय ९० किलोमिटर टाढा थियो ।भूकम्पबाट भारतको श्रीनगरमा टेलिफोन लाइन खराब भएको छ । लगातारको भीषण बर्षापछि आएको भूकम्पले अधिकांश ठाउँको अबस्था असमान्य रहेको बताइएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनधनको क्षतिको विवरण संकलन गर्न निर्देशन दिएका छन् ।
पाकिस्तानमा भीषण क्षति
अधिकारीहरुका अनुसार, पाकिस्तानमा झन भारतमा भन्दा बढी झट्का महसुस गरिएको थियो । पाकिस्तानमा भूकम्पको धक्का ८.१ रेक्टर स्केल रहेको बताइएको छ । पाकिस्तानमा भूकम्पबाट भीषण क्षति भएको अनुमान गरिएको छ ।
पाकिस्तानमा अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको बताइएको छ । सयौँ घाइते भएका छन् ।
अहिलेसम्म क्षतिको यकिन विवरण आइसकेको छैन् ।भूकम्पको सामान्य धक्का पूर्वी नेपाल र काठमाडौँमा समेत महसुस गरिएको छ ।अन्य अपडेटका लागि केहीबेर प्रतिक्षा गर्नुहोस् ।
0 comments
Write Down Your Responses