नवनियुक्त परराष्ट्र मन्त्री कमल थापाले भने- नाकाबन्दी अन्त्य गर्छु
असोज-२६-२०७२
राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको रुपमा पद्भार ग्रहण गरेका छन्।
गणतन्त्रको चर्को विरोध गर्दै आएका राप्रपा नेपालका अध्यक्ष थापाले सोमबार अपरान्ह परराष्ट्र मन्त्रालय पुगेर गणतान्त्रिक सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको रुपमा पद्भार ग्रहण गरेका हुन् ।
थापाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको यो दोस्रो पटक हो। उनी यसअघि २०५५ सालमा पनि परराष्ट्रमन्त्री बनेका थिए।
नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले पद्भार ग्रहणपछि परराष्ट्र मन्त्रालयका कर्मचारीसामु परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनु आफ्ना लागि गौरवको विषय भएको बताए।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले भारतको अघोषित नाकाबन्दी अन्त्यका लागि आफूले कुटनीतिक पहललाई तिब्रता दिने बताए। उनले दशैं तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएका बेला भएको नाकाबन्दीले मुलुकभरको आपूर्ति व्यवस्था असहज भएको भन्दै नाकाबन्दी अन्त्य गर्ने विषयलाई पहिलो प्राथमिकता दिएर कुटनीतिक पहललाई तिब्रता दिने बताए।
0 comments
Write Down Your Responses