के ओलीको सरकारले रेकोर्ड तोड्लान् ?

असोज १९

काठमाडौं– संविधान जारीपछि सहमतिको सरकारका लागि राष्ट्रपतिबाट आह्वान भएको चार दिन बित्दा पनि प्रमुख दलहरुबीच सहमतिय सरकार गठनका लागि कुनै ठोस पहल देखिएको छैन । सहमतिको सरकार बन्ने सम्भावना कमजोर बन्दै गएको छ । एमालले आफ्नो नेतृत्वको सरकार गठनका लागि वार्ता टोली बनाएका छ ।

 बहुमतिय सरकार गठनका लागि भित्र–भित्र पहल हुन थालेका छन् । यसपाली एमाले अध्यक्ष केपी ओली बहुमतिय सरकारको नेतृत्व लिन सफल भए भने विगत आठ वर्ष यताको रेकर्ड तोड्नेछन् । २०६२–०६३ को आन्दोलन यता बनेका सरकार कि पहिलो पार्टीको नेतृत्वमा गठन भएका छन् या तेस्रो पार्टीको नेतृत्वमा । अहिले एमालेकै नेतृत्वमा सरकार बन्यो भने २०६३ यता दोस्रो पार्टीको नेतृत्वमा बन्ने पहिलो सरकार हुनेछ ।

 पहिलो पार्टीका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री २०६२–०६३ को आन्दोलन सफल भएपछि पुनस्र्थापित प्रतिनीधिसभामा ठुलो दलको हैसियतमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो । यो सरकारमा एमालेदेखि शान्ति प्रक्रियामा आएको एकीकृत माओवादीसम्मका पार्टीहरु सहभागी भएका थिए ।

 २०६४ चैत्रमा संविधानसभाको चुनाव भएपछि कोइरालाले २०६५ भदौमा राजीनामा गरेका थिए ।पहिलो पार्टीको हैसियतमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री २०६४ चैत्रमा भएको संविधानसभाको चुनावमा एकीकृत माअ‍ोवादी पहिलो दल बन्यो । एकीकृत माओवादीले एमाले र मधेशवादी दलहरुलाई समेटेर प्रचण्डको नेतृत्वमा सरकार गठन गरेको थियो । एमाले तेस्रो दल थियो भने कांग्रेस दोस्रो दल । कांग्रेस प्रतिपक्षमा बस्यो । तत्कालीन सेनापति प्रकरणमा तनाव बढेपछि प्रचण्डले नौ महिनामै राजीनामा गरे ।

 तेस्रो पार्टीका नेता माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्डले नौ महिनामै राजीनामा गरेपछि दोस्रो दल कांग्रेससहितका साना दलको समर्थनमा एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भए । एमालेलाई समर्थन गरेर दोस्रो दल सरकारमा सहभागी भएपनि आफ्नो नेतृत्वमा सरकार बनाउने कांग्रेस योजना सफल भएन । माधव नेपालले १७ महिना सरकार चलाए ।

 विपक्षी आन्दोलन र आफ्नै पार्टीभित्रको विवादले उनी राजीनामा गरेका थिए । तेस्रो पार्टीको नेता झलनाथ खनाल प्रधानमन्त्रीतेस्रो दलको नेतृत्वमा बनेको माधव नेपाल नेतृत्वको सरकार ढलेपछि पुनः एमालेकै नेतृत्वमा सरकार गठन भयो । एमाओवादीको समर्थनमा झलनाथ खनाल प्रधानमन्त्री भएका थिए २०६७ मा ।

 एमाओवादीभित्र विवाद कायमै रहँदा प्रचण्डले एकतर्फी निर्णय गरेर खनाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेका थिए । पहिलो पार्टीको समर्थनमा तेस्रो पार्टीले सरकारको नेतृत्व गर्ने मौका पायो । तर, पार्टीभित्रैबाट असहयोग भएपछि खनालले २०६८ भदौमा राजीनामा गरेका थिए । पहिलो पार्टीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री तेस्रो दलका नेता खनाल नेतृत्वको सरकारको ठाउँमा पहिलो दलको नेतृत्वमा नयाँ सरकार गठन भयो ।

 तराई–मधेशका दलहरुसँगको सहकार्यमा एकीकृत माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री भए, यहाँ दोस्रो दल कांग्रेस र तेस्रो दल एमाले विपक्षीमा बसे । पार्टीभित्रकै वैद्य समूहको असहयोग र संविधानसभा विघटनपछि उनी स्वत कामचलाउ प्रधानमन्त्री भए । उनले अर्को चुनावको घोषणा गरे तर चुनाव हुन सकेन । चुनावी सरकार गठन भएपछि उनले १८ महिनामा बालुवाटार छाडे । गैरराजनीतिक सरकारबाबुराम भट्टराई नेतृत्वको सरकारपछि तत्कालीन प्रधानन्यायाधीस खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भयो ।

 २०६९ मा बनेको सरकारले २०७० मंसिरमा दोस्रो संविधानसभाको चुनाव गरेपछि २६ माघमा बिदा भएको थियो । संविधानसभा विघटन भएपछि दलहरुबीच सरकारको नेतत्वमा कुरा नमिल्दा गैरराजनीतिक व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । पहिलो दलका नेता सुशील कोइराला प्रधानमन्त्री दोस्रो संविधानसभामा कांग्रेस सबैभन्दा ठुलो दल, एमाले दोस्रो र एकीकृत माओवादी तेस्रो दल बने ।

 दोस्रो ठुलो दल एमालेको समर्थनमा काग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बनेका छन् । नयाँ संविधान आएलगत्तै नयाँ सरकारका लागि राष्ट्रपतिबाट आव्हान भैसकेको छ । अव सुशीलको ठाँउमा के जाने भन्ने निश्चत भएको छैन् ।

 रेकर्ड तोडने अवसर एमालले आफ्नो अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने गरि अन्य दलसंग संवादका लागि वार्ता समिति नै बनाइसकेको छ । तर, कांग्रेसभित्रै ओलीलाई प्रधानमन्त्री बनाउने विषयमा मतभेद देखा पर्न थालेको छ । काग्रेसले समर्थन नगरे पनि ओलीका लागि प्रधानमन्त्री बन्ने बाटो पूरै बन्द हुनेछैन । तर, यसका लागि तेस्रो दल एकीकृत माओवादीसहितका केही साना दलको समर्थन चाहिने छ ।

0 comments

Write Down Your Responses