जनता चिल्लीबिल्ली, नेता सिल्ली

आश्विन २१ , २०७२- 

मनोज गजुरेल आईतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अवतारमा मण्डला थिएटरमा देखिए, सिस्नुपानी नेपालको कार्यक्रम, ‘मोदीसँग मनका कुरा’ मा । शुरुवातमा सिस्नुपानीकै हास्यकवि, कलाकारले व्यंग प्रस्तुतिमार्फत् मोदी बारे घोचपेच गरे ।

 मोदीकै भेष र अनुहार बनाएर देखिएका मनोजले अन्त्यमा मोदीको लवजमा हिन्दीमै मन्तव्य दिएका थिए र उनलाई सोधिएका केही प्रश्नको जवाफ पनि दिएका थिए । उनले दिएको मन्तव्य र केही प्रश्नको जवाफको नेपाली अनुवादमा :नेपालका मेरा प्यारा भाई बहिनी, कवि, कलाकार, म जब पहिलोपटक नेपाल आएको थिएँ, भाई–भाईको नारा लगाएको थिएँ । अनि नेपाल र नेपालीको माया पाएको थिएँ । दोस्रोपटक जब नेपाल आएको थिएँ, बहुत तालि खाएको थिएँ तर तेस्रोपटक न कसैले काखमा लियो, न कसैले स्वागत गर्‍यो । यो ‘कमबख्त नाकाबन्दी’ ले पहिलेको मेरो लगानी बर्बाद गरायो ।

 मित्र, जब मैले हिजो सुनें कि सिस्नुपानी नेपालले यो कार्यक्रमको आयोजना गरिरहेको छ, उहाँ हिन्दुस्तानमा मैले नाकाबन्दी फिर्ता लिन बाध्य भएँ । कुटनीतिमा भन्दा ज्यादा तागत साहित्यमा हुने रहेछ, यो पुष्टि भयो । आज मलाई यहाँ बोलाएर मेरै अघि ब्यंग झार गरिदिए । त्यसैले म आज हिन्दुस्तानको तर्फबाट माफ माग्न आएको छु । नेपाली जनताले मेरो गैर हाजिरीमा जून दु:ख, कष्ट झेले, त्यसको लागि म क्षमा माग्छु ।भाई–भाई सम्बन्ध मित्र, मैले धेरैपटक भनेको छु, नेपाल र हिन्दुस्तान भाई–भाई हुन् । हामी बढे भाई, तिमी छोटे भाई, बढे भाईको कुरा मानेनौं भने टाटा बाईबाई ।

 मित्र चार प्रकारका हुन्छन् । १. हलो मित्र २. चलो मित्र ३. भलो मित्र र ४. दलो मित्र हलो मित्र केवल हाई, हेल्लो गर्छ र बाटो लाग्छन् । जस्तो कि नेपाल र अफ्रिकाको सम्बन्ध । जब कोही मित्र भेटिएपछि दारु खान चल्छन्, ती चलो मित्र । तेस्रो भलो मित्र जो केवल मित्रको भलो चाहन्छन् । र, चौथो दलो मित्र, जो दलदलमा राखेर दलेको दल्यै गर्छन् ।

 चट् प्रश्न भट् जवाफ पाकिस्तानी की चिनियाँ मेरो चिनियाँसँग धेरै पुरानो सम्बन्ध छ । मैले पहिलो पटक भन्दैछु, जब म बच्चा थिएँ त्यो बेला मेरो पिताजी मलाई बेटा नरेन्द्र, जा दोकान गएर चिनी लिएर आईजा । चिया बनाउनु पर्‍यो ।रेखा थापा की सन्नी लियोनी स्त्रिका बारेमा मेरो अच्छा विचार रहन्छ ।

 तर यस्तो प्रश्नले मेरो तपस्या त भंग गर्दैन ? म भन्छु, रेखालाई अहिलेसम्म देखेको छैन र सन्नीको फन्नी भिडियो पनि अहिलेसम्म हेरेको छैन । तर जब म हिजो काठमाडौं झरें, एउटा गीत साह्रै मन पर्‍यो, ‘ढाडे बिल्ली वाली’ । ढाडे बिल्लीका बारेमा भन्न चाहन्छु, पहाडमा पनि बिल्ली, मधेसमा पनि बिल्ली । बिल्ली–बिल्ली जुधाएर दंग पर्छ दिल्ली ।

 जनता चिल्लीबिल्ली, नेता सिल्ली । मित्र, हिन्दुस्तान नेपालको सुखदु:खमा साथ दिन्छ । जब सप्तकोशीमा बाढी आउँछ, तब हामी सप्तकोशीका सबै ढोका बन्द गरेर सुनसरीमा माछा पोखरी बनाउन सहयोग गर्छौं । जब पानी आउँदैन, तब पुरा ढोका खोलेर बिहारमा लैजान्छौं र सप्तकोशीमा धान सुकाउन ग्राउन्ड बनाईदिन्छौं । रोटी–बेटी सम्बन्ध नेपाल र भारतबीचमा रोटी र बेटीका सम्बन्ध छ ।

 यसको मतलब हो, जब नेपालमा रोटी खाने आटा सिमा नाकाबन्दीले सडिरहेको छ र नेपालका बेटाबेटी भोकले मरिरहेका छन् । यसको मतलब यही हो । नाकाबन्दी लगाएको छैन भनेर नौटंकी किन ?कुटनीति भनेको जो कुरा भनिन्छ, त्यो व्यवहारमा लागू गरिंदैन । जून गरिन्छ त्यो भनिदैन । त्यसैले यो नाकाबन्दी कुटनीति त भईसकेको छैन, तर लूटनीति र भुटनीति भने अवश्य हो । कुटनीतिमा के–के हुन्छ हेर्नुछ ।

,

0 comments

Write Down Your Responses