नयाँ प्रधानमन्त्री चयन गर्न संसदमा २४ गते ११ बजे चुनाव
शनिबार दिनभर उम्मेदवारी दर्ता
२०७२ असोज २२ गते १४:४६ मा प्रकाशित
२२ असोज, काठमाडौं - नयाँ प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका संसदमा असोज २४ गते निर्वाचन हुने भएको छ ।
राष्ट्रपति डा. रामवरण यादवले बहुमतीय सरकार गठनको आहृवान गरे लगतै संसदले प्रधानमन्त्रीको चुनावको मिति तोकेको हो । संसदको शुक्रबारको बैठकमा सभामुख सुवासभन्द्र नेम्वाङले प्रधानमन्त्री चयनका लागि २४ गते ११ बजे मतदान हुने जानकारी दिए ।
सभामुख नेम्वाङको निर्देशन अनुुसार संसद सचिवालयले शुक्रबार नै नयाँ प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
शनिबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म प्रधानमन्त्री पदका उम्मेदवरर सांसदले उम्मेदवारी मनोनयन गर्नुपर्नेछ । मनोनयनस्थल संसद भवन नयाँ बानेश्वरको ल्होत्से हल तोकिएको छ ।
शनिबारै अपरान्ह साँढे चारबजे उम्मेदवारको नामावली प्रकाशन हुने सचिवालयले जनाएको छ ।
आइतबार बिहान ११ बजेको बैठकमा प्रधानमन्त्रीका सबै उम्मेदवारले उम्मेदवारीको सूचना प्रस्तुत गर्नेछन् ।
त्यसपछि सबै उम्मेदवारलाई सभामुखले एकै साथ निर्णयार्थ प्रस्तुत गर्नेछन् ।नेकपा एमालेले सरकारको नेतृत्व दावी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । उसले ओलीको पक्षमा समर्थन जुटाउन दौडधुप थालेको छ ।
नेपाली कांग्रेसमा आफ्नै नेतृत्वमा सरका बनाउनु पर्ने माग भएपछि औपचारिक निर्णय हुन बाँकी छ ।

0 comments
Write Down Your Responses