फेला पर्‍यो जँड्याहा धुम्रकेतु, पृथ्वीलाई रक्सीले नुहाइदिने -

२०७२ कार्तिक १७ गते

सोमरसपानका शौखिनहरुका लागि खुसीको खबर छ । ब्रम्हाण्डमा धुम्रकेतुले रक्सी उत्पादन गर्न थालेको छ । एउटा धुम्रकेतुले यति रक्सी उत्पादन गरिरहेको छ की त्यसले पूरै पृथ्वीलाई भिजाइदिन सक्छ । कुनैदिन यो धुम्रकेतुको सोमरसले पृथ्वीलाई नुहाइदियो भने महंगा ब्राण्डेड सोमरसको भाउ घट्ला की ।

 सुन्दैमा अचम्म लाग्नसक्छ । तर यो सत्य हो की ब्रम्हाण्डमा एउटा यस्तो धुम्रकेतु फेला परेको छ जसले धुलो तथा चट्टान होइन अल्कोहल निकालिरहेको छ । लभजोय नामको उक्त धुम्रकेतुले अन्तरीक्षमा हरेक सेकेण्ड करीब ५ सय बोतल रक्सीको मात्रा बराबरको अल्कोहल उत्सर्जन गरिरहेको छ । रक्सीसँगै उसले चिनिपनि निकालिरहेको छ ।

 कुनैपनि धुम्रकेतुमा इथाइल अल्कोहल फेला परेको यो पहिलोपटक रहेको अमेरिकी अन्तरीक्ष संस्था नासाले जनाएको छ । धुम्रकेतुले अल्कोहल उत्पादन गर्नुबाट पृथ्वीमा जिवको विकाशको श्रोत धुम्रकेतुहरुमा उत्पत्ति भएका जटिल अणुहरु नै रहेको हुनसक्ने निष्कर्षलाई बल पुगेको शोधकर्ताहरुको भनाइ छ । फ्रान्सको पेरिसस्थित अब्जर्भेटरीका शोधकर्ता निकोलस बाइवरका अनुसार यो धुम्रकेतुले आफ्नो चरम सक्रियताका दौरान अन्तरीक्षमा अल्कोहल उत्सर्जन गरिरहेको छ ।

 उक्त धुम्रकेतुले निकालिरहेको पदार्थमा अल्कोहल र चिनीसँगै विभिन्न २१ वटा जैविक अणुहरु पाइएका छन् ।पृथ्वीको अक्षको नजिक रहेका धुम्रकेतुमध्ये लभजोय सबैभन्दा सक्रिय धुम्रकेतुमा पर्छ । गत जनवरी ३० वर्ष सूर्यको सबैभनदा नजिकबाट गुजि्रँदा यसले २० टन प्रतिसेकेण्डको गतिमा पानी उत्सर्जन गरेको थियो । – एजेन्सी

0 comments

Write Down Your Responses