अन्नपूर्ण पोस्टबाट - मधेसी मोर्चाका नेतामाथि भारतीयद्धारा आक्रमण

वीरगन्ज, १८ कात्तिक - रक्सौल नाकास्थित मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी गरिरहेका मधेसी दलका नेता कार्यकर्तालाई मंगलबार साँझ भारतीय नागरिकले हातपात गरेका छन्। ३०–४० जनाको संख्यामा रहेका भारतीयले धर्नास्थल मितेरी पुलमै गएर मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गर्दै हातपात गरेका हुन्।

 मोर्चाको आन्दोलनका क्रममा सोमबार वीरगन्जमा प्रहरीको गोली लागेर भारतीय युवक आशीषकुमार रामको मृत्यु भएपछि भारत रक्सौलका स्थानीय बासिन्दा आक्रोसित भएका हुन्। नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले रक्सौलबाट लाठी र भाटा बोकेर आएका भारतीयले धर्ना बसेका मोर्चाका नेता कार्यकर्तालाई गाली गलौज गर्नुका साथै दुव्र्यबहार गरेको बताए।

 उनले भने ,‘उनीहरुले हातपात त गरेनन, तर जथाभावी बोल्दै गालीगलौज गरे।’ धर्नामा बसेका मोर्चाका एक नेताले भने भारतीयहरुले अपशव्द बोल्दै केही नेतालाई हातपात गरेको बताए।

0 comments

Write Down Your Responses