भारतका पूर्वन्यायाधीश भन्छन्- भारतले नेपालमाथि नाकाबन्दी गर्नु मूर्खता हो
२०७२ कार्तिक १७ गते काठमाण्डौ
भारतीय सर्वोच्च अदालतका पूर्व न्यायाधीश मार्कण्डेय कटजूले भारतले नेपालमाथि लगाएको नाकाबन्दीलाई दुर्भाग्यपूर्ण भन्दै त्यसको सिधा सम्बन्ध बिहारको चुनावसँग भएको बताएका छन् ।
प्रष्टवक्ता स्वभावका पूर्व न्यायाधीश कटजुले भने- सीमानाकामा आन्दोलन गरिरहेका मधेसीहरुलाई हटाएर भारतले केही घण्टामै नाकाबन्दी खुलाउन सक्छ, तर, त्यसपछि बिहारमा आएर भोट हाल्ने नेपालका मधेसी मतदाताले के गर्लान ?
द स्टेटम्यान अनलाइनका अनुसार उनले नोभेम्बर ८ तारिखको बिहार चुनाव सम्पन्न भएपछि भारतले सीमा नाका खोल्न सक्ने सम्भावना रहेको बताएका छन् ।
पूर्व न्यायाधीश कटजु भन्छन-‘एउटा सानो भुपेरिवेष्ठित मुलुक जो भारतसँगको आयातमा निर्भर छ, उसमाथि भारतले अहिले गरिरहेको ब्यबहार दुर्भाग्यपूर्ण छ । हाम्रो सरकारले मूर्खतापूर्ण तरिकाले दुई महिनादेखि नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिइरहेको छ ।
’
भारतले अहिलेसम्म आन्दोलनरत मधेसीकै कारण सीमा नाका बन्द भएको र आफुले नाकाबन्दी नगरेको दावी गरिरहे पनि यसको सीधा सम्बन्ध बिहार चुनावसँग रहेको उनले बताएका छन् । बिहारको चुनाव मोदीको पार्टी भारतीय जनता पार्टीका लागि जीवन मरणको अबस्था बनेका कारण नेपालको मधेस र बिहार दुवैतिर बस्ने भोटरलाई आर्कषिर्त गर्न नाकाबन्दीको मूर्खता गरिएको उनको दावी छ ।
पूर्व न्यायाधीश भन्छन्-भोटकै लागि नेपाली जनतालाई दुई महिनासम्म दुःख दिनुबाट प्रष्ट हुन्छ, यी राजनीतिज्ञ जसरी पनि भोट आर्जन गर्न चाहान्छन् ।’
0 comments
Write Down Your Responses