कमाण्डरै कमाण्डरको सचिबालय बन्यो उप राष्ट्र पतिको कार्यालय
२०७२ कार्तिक
, काठमाडौं - पूर्व जनमुक्ति सेनाका कमाण्डर हुँदै देशकै दोस्रो ठूलो पद उपराष्ट्रपतिमा निर्वाचित नन्दबहादुर पुन (पासाङ)ले आफ्नो सचिवालय टुंगो लगाएका छन् । उनको सचिवालयमा सबै पूर्वलडाकु कमाण्डरहरु छन् । तर छोराहरुले सचिवालयमा बस्न अस्वीकार गरे ।
उपराष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा सुकबहादुर रोका (शरद) छन् ।
रोल्पा जेल्वाङ घर भएका उनी पाँचौं डिभिजन कमाण्डर थिए । एमाओवादी केन्द्रीय सदस्यसमेत रहेका उनले निजामति सेवाको विशिष्ट श्रेणीको सेवासुविधा पाउनेछन् ।
शरदपछि दोस्रो तहमा तुलसी डाँगी (मिलन) नियुक्त भएका छन् । मिलन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अंगरक्षकसमेत थिए ।
डिभिजन सहायक कमाण्डर विरेन्द्र विएम (मन्जील) नेतृत्वको प्रचण्डको सुरक्षा टोलीमा मिलन बि्रगेड कमाण्डको हैसियतमा थिए । मन्जील नेतृत्वको टोली बाहिरिएपछि सन्तकुमार दरै (परवाना) को टोली प्रचण्डको सुरक्षामा खटिएको थियो । मन्जील सेना समायोजनपछि मेजर बनेका छन् ।
उपराष्ट्रपति पासाङको सचिवालयमा अर्का कमाण्डर प्रकाश पुन (साइमन)समेत छन् । उनी माओवादी सशस्त्र युद्धमा बटालियन कमाण्डर थिए ।
छोराहरु सचिवालयमा बसेनन्पासाङले आफ्ना दुई भाइ छोराहरु जितेन्द्र र दिपेशलाई भने सचिवालयमा राखेका छैनन् ।
जितेन्द्र र दिपेश पनि माओवादी युद्ध लडेर आएका हुन् ।
‘मैले नै उपराष्ट्रपतिको सचिवालयमा नबस्ने भनेर प्रस्ताव राखेको थिएँ । बुवा (पासाङ)ले पनि हुन्छ भन्नुभयो,’ दिपेशले अनलाइनखबरसँग भने, ‘हामी दुई भाइले बाहिरै बसेर परेकोबेला आवश्यक सहयोग गर्छौं । हामीलाई कुनै पनि सेवा सुविधा चाहिँदैन ।’
0 comments
Write Down Your Responses