राष्ट्रगान बजिरहँदा मोदी हिँडेर अपमान गरेपछि (भिडियो)
२०७२ पौष ९ बिहीवार
एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको राष्ट्रगानको अपमान गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रुसको भ्रमणका क्रममा रहेका मोदीले मस्कोको विमानस्थलमा उत्रेपछि बजाइएको भारतीय राष्ट्रगानलाई बेवास्ता गर्दै हिँडेर अपमान गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
राष्ट्रगान बजिरहँदा हिँडेर मोदीले आचारसहंहिताको उल्लंघन गरेका हुन् । मोदी मस्कोको विमानस्थलमा उत्रनेबित्तिकै शुरुमा रूसको राष्ट्रगान बजेको थियो ।
रुसको राष्ट्रगान बज्दा उनी केही सेकेन्ड उभिएका थिए । उनी जब हिँड्न थाले भारतक राष्ट्रगान बज्न थाल्यो । तर मोदी रोकिएनन्, हिँडिरहे । राष्ट्रगान बज्दा नरोकिएपछि उनलाई भारतकै एक अधिकारीले तानेर उभिने स्थानमा ल्याएका थिए ।
प्रधानमन्त्री मोदी बुधबार दुई दिवसीय भ्रमणका लागि रूसक राजधानी पुगेका हुन् । जहाँ १६ औं भारत-रूस वार्षिक सम्मेलनमा उनले सहभागिता जनाउनेछन् ।
भ्रमणका क्रममा मोदी रुसी अधिकारीसँगको शिखर सम्मेलनस्तरीय वार्तापछि विभिन्न सम्झौताग गर्ने भएका छन् ।

0 comments
Write Down Your Responses