शशांकलाई चाबहिलबाट एयरपोर्ट पुर्या‍उनै चुनौती

काठमाडौंः

 गम्भीर विरामी परेर चाबहिलको ओम अस्पतालमा उपचाररत कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई अस्पतालबाट एयरपोर्टसम्म पुर्याउनै चुनौतीपूर्ण रहेको चिकित्सकहरुले बताएका छन् । 

कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता, आफन्तजन र सरकारी अधिकारीले पनि कोइरालालाई उपचार गर्न भारतको दिल्ली लानुपर्ने बताइरहेका बेला चिकित्सकहरुले चाबहिलस्थित अस्पतालबाट एयरोपर्टसम्म लान नै चुनौतीपूर्ण रहेको बताएका हुन् ।

 मंगलबार साँझ उपचारका लागि अस्पताल ल्याइएका कोइरालाको त्यहीँ सर्किएर फोक्सोमा पनि पुगेपछि अवस्था झनै चिन्ताजनक भएको थियो । उनको उपचारमा संलग्न चिकित्सक लबनरसिंह जोशीले कोइरालाको लिभर, किड्नी, कलेजो र अन्य अंगले समेत राम्ररी काम गर्न नसकेको अवस्थामा अस्पतालबाट एयरपोर्टसम्म पुर्याउनै कठिन भएको बताएका हुन् ।

 ‘हामीले यहाँ सकेसम्म प्रयत्न गरिरहेका छौं, भारतमा पनि यही प्रविधिबाट उपचार गर्ने हो’, उनले भने, ‘उहाँको अवस्था चिन्ताजनक भएकाले अस्पतालको भेन्टिलेरबाट उठाएर एयरपोर्ट पुर्याउनै समस्या छ । यदि अक्सिजन या अन्य औषधि तलमाथि भएमा जेसुकै हुने अवस्था छ ।’ 

डा. कोइरालाकी पत्नी डा. सुपात्रा कोइरालाले पनि दिल्लीमा गरिने उपचार यहीँ सम्भव हुने भन्दै पत्नीलाई यहाँबाट लैजान अस्वीकार गरेकी छन् । यदि दिल्लीबाट एयर एम्बुलेन्स आएमा नै पनि अहिलेकै अवस्थामा कोइरालालाई भेन्टिलेटरबाट निकाल्नै नसकिने राय चिकित्सकहरुको छ । 

‘यहाँबाट निकालेर लैजाँदा एम्बुलेन्समै या एयर एम्बुलेन्समा पनि उहाँको श्वासप्रश्वासमा हुने सानो तलमाथिले पनि जीवन जोखिममा पार्छ’, जोशीको भनाइ छ, ‘एयर एम्बुलेन्स उचाईमा उड्ने भएकाले उहाँलाई दिल्ली पुर्याउनै कठिन छ ।

अस्पतालले अहिले कोइरालाको उपचारका लागि देशभरका वरिष्ठ चिकित्सकहरुलाई बोलाएको छ । उनीहरु निरन्तर प्रयासरत रहेपनि कोइरालाको दिमाग र आँखाको नानी निष्कृय भइसकेको छ ।

0 comments

Write Down Your Responses