गर्भवती अवस्थामायसरी गर्नुस् सेक्स
काठमाडौं : महिलाको एक जटिल अवस्था हो गर्भावस्था । जसलाई सन्तान जन्माउने अवस्था पनि भनिन्छ । हुन् त महिलालाई श्रृष्टिकर्ता पनि भनिन्छ । त्यसमा पुरुषको पनि उत्तिकै भुमिका हुन्छ ।
पुरुषहरु महिलाहरुका विभिन्न स्त्री विशिष्ठ समस्या भएपनि यौन सम्बन्ध राख्न खोज्छन् । तर गर्भवती भएको अवस्थामा दम्पत्तीले यौन सम्बन्ध राख्दा एकदमै ख्याल गर्नुपर्छ ।
चिकित्सकहरुका अनुसार वास्तवममा गर्भवती अवस्थामा पनि यौन सम्बन्ध राख्न सकिन्छ तर त्यो पेटमा भार पर्ने वा बच्चालाई असर गर्ने स्तरमा हुनुहुँदैन् ।
गर्भवती अवस्थामा यौन सम्बन्ध कसरी राख्न सकिन्छ र सुरक्षित आसनबारे चिकित्सकले दिएका केही टिप्स यसप्रकार छन् ।
एकै दिशामा सुतेर यौनसम्पर्क गर्ने : स्पुनिङ भनिने यो आसनमा गर्भवती स्त्री र पुरुष एकै दिशामा फर्केर सँगै सुत्छन् । र पेटको बच्चालाई असुविधा नहुने गरी पछाडीबाट अंगालो हालेर पुरुषले स्त्रीसँग सहवास गर्न सक्छ ।
मुख मैथुनको प्रक्रिया : स्त्री गर्भवती भएको अवस्थामा यौन चाहाना पुरा गर्ने सबै भन्दा उत्तम माध्यम हो मुख मैथुन ।
हुन त यो पूर्ण यौन सम्बन्ध होइन तर यसले पनि यौन चाहानालाई शान्त पार्न भने सकिन्छ । यद्यपी यसो गर्दा स्त्रीको योनीमा रगत आउने गरी गर्नु हुँदैन यसले गर्भलाई जटिल अवस्थामा पुर्याउन सक्छ ।
महिला माथि चढ्ने आसन : महिला पुरुषमाथि चढ्ने आसन पनि गर्भवती अवस्थाम यौन सम्बन्ध राख्ने सुरक्षित तरिका हो । यसमा पेटमा भार नपर्ने गरी यौन क्रिडा गर्न सकिन्छ ।
स्वान आसन : यो आसनमा गर्भवती महिला ओच्छ्यानमा घुँडा टेकेर शरीरमा सन्तुलन राख्छिन् भने महिलाको पेटमा असर नपर्ने गरी पछाडीबाट यौन क्रिडा गर्छन् । यो आसनलाई डग्गी आसन पनि भन्ने गरिन्छ ।
कैंची आसन : यो आसनमा महिला ओच्छ्यान वा टेवुलको छेउँमा खुट्टा फराकिलो पारेर बस्छिन् अनि पुरुषले कुनै दवाव पैदा नगरी यौन क्रिडा गर्छन् ।
यसो गर्दा उनीहरुको आकार कैँची जस्तै देखिन्छ । महिलाका खुट्टाले पुरुषको शरीरलाई धेरै चल्न र दवाव पैदा गर्न दिँदैनन् ।
पुरुष तल बसेर : यो आसनमा महिला पुरुषको काखमा बस्छिन् तर उनीहरु एकै दिशमा फर्किएका हुन्छन् । यो आसनमा पनि दवाव पैदा नगरी पुरुषले पछाडीबाट यौन क्रिडा गर्छन् ।
यसरी यौनसम्पर्क गर्दा पेटमा रहेको बच्चा र गर्भवती आमालाई कुनै असर गर्दैन् । चिकित्सकका अनुसार यस्तो बेला संयमता पूर्वक यौनसम्पर्क गर्दा जीवनकै उच्च सन्तुष्टि प्राप्त गर्न सकिने छ
0 comments
Write Down Your Responses