१७२ यात्रु बोकेको जहाजमा आगो लाग्यो
एजेन्सी : १७२ जना यात्रु बोकेर अमेरिकाको लस भेगसबाट बेलायतको लण्डनका लागि उड्न लागेको जहाजमा धावनमार्गमै आगो लागेको छ ।
अमेरिकाको लस भेगसस्थित म्क्रान विमानस्थलबाट मंगलबार राति उड्नै लागेको ब्रिटिस एयरवेजको बोइङ ७७७ जहाजको दायाँ इन्जिनबाट शुरु भएको आगोले विमान जल्न पुगेको हो ।
सन् १९९८ मा बनेको जहाज विमानस्थलबाट उड्नुअघि बाक्लो धुवाँसहित जहाजमा आगो लागेको हो ।
जहाजमा आगलागी भएपनि कसैको हताहती भएको छ । उद्धारका क्रममा घाइते भएका १४ जना यात्रुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिको छ ।
जहाजमा १५९ यात्रु र पाइलट सहित १३ जना कर्मचारी सवार थिए । अहिलेसम्म सुरक्षाका हिसावमा उत्कृष्ट सूचीमा रहेको जहाजमा आगो लागेपछि ब्रिटिस एयरवेजका सञ्चालक पनि आश्चर्यमा परेका छन्।
जहाजमा आगो लागेपछि ब्रिटिस एयरवेजले तत्काल छानविन थालेको जनाउँदै उच्च सुरक्षाविधि अपनाउँदा अपनाउँदै आगो लाग्नुको कारण बुझ्न नसकिएको जनाएको छ ।
0 comments
Write Down Your Responses