स्वाइनफ्लुको महामारी


प्रकाशित मिति: शनिबार, भाद्र १९, २०७२ ०५:४९:१४

बाराको नरही ६ र ७ स्थित इटहर गाउँमा तीन सातादेखि स्वाइनफ्लुको महामारीले बच्चादेखि बृद्धवृद्धा र गर्भवती थलिएका छन् । एक सय ७५ घरधुरीमा झन्डै सय घरमा संक्रमणले च्यापिसकेको छ । कान्तिपुर दैनिकमा समाचार छ । एउटा परिवारमा ११ जनासम्मलाई यस्ता संक्रमण देखिएको छ । उनीहरु गाउँमा झोले डाक्टरको भरमा औषधि उपचारमा खर्च गर्दा गर्दै पीडित भएका छन् ।
 स्थानीय सामाजिक कार्यकर्ता सुरेन्द्र साहका अनुसार झोले डाक्टरले बिना परीक्षण कडा एन्टिबायोटिक औषधि खान सुझाएको छ, तर त्यसबाट झन् बढिरहेको छ । भारतको दिल्ल्लीबाट केही युवा गाउँमा आएदेखि यो प्रकोप देखा परेको उनले बताए । गाउँमा संक्रमण फैलिएपछि त्यसको रोकथामको लागि जिल्ला वा कतैबाट प्रयासमा ढिलाई भइरहेको उनको भनाइ छ । घरैपिच्चे रुघाखोकी, ज्वरोको प्रकोप देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयलाई खबर गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट खटिएको मेडिकल टेक्नोलोजिस्टको टोलीले गत सोमवार रगत परिक्षण गरेपछि स्वाइन फ्लु पत्ता लागेको हो ।

0 comments

Write Down Your Responses