आङकाजीविरुद्व साइबर क्राइम मुद्दा

काठमाडौ - सामाजिक सञ्जालमार्फत मार्फत भ्रामक समाचार पोस्ट गरेको अभियोगमा हिजो पक्राउ परेका जनजाती नेता आङकाजी शेर्पाविरुद्ध प्रहरीले विद्युतिय कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाएको छ ।

 महानगरिय अपराध महाशाखाले आवश्यक अनुसन्धानपछि बिद्युतिय कारोवार ऐन अन्तर्गत मुद्दामा आबश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाएको हो ।
 गत भदौ ७ गते कैलाली स्थित टिकापुर घटनालाई लिएर उक्त घटना सम्बन्धी १३ रहस्य भनि सामाजिक संजाल फेसबुक मार्फत सुरक्षा निकायहरु विच फाटो ल्याउने तथा बिभिन्न जातजाती, सम्प्रदायबिच सुमधुर सम्बन्धमा खलल पार्ने, बर्गिय, जातीय र क्षेत्रिय रुपमा घृणा, द्वेश, अपहेलना र सामाजिक सद्भाव बिथोल्ने नियत राखी अनर्गल, निराधार र अप्रमाणिक तथ्यहरुलाई सामाजिक संजालको दुरुपयोग गरि फेसबुक मार्फत सम्प्रेषण गरि समाजमा नकरात्मक प्रभाव पार्ने कार्यमा संलग्न रहेको आरोपमा उनी हिजो बौद्धबाट समातिएका थिए ।

0 comments

Write Down Your Responses