पत्नी बलात्कार गर्ने ८ वर्षपछि जेल
भक्तपुर – पत्नी बलात्कार गरेको अभियोग लागेका व्यक्तिलाई भक्तपुर जिल्ला अदालतले ८ वर्षपछि जेल चलान गरेको छ ।
बलात्कार अभियोग मुद्दामा ०६४ माघ १३ गते अदालतले दोषी ठहर गरे पनि फरार रहेका भक्तपुर नगरपालिका–४ का श्रीराम बेकोजूलाई पक्राउ गरी २ महिना १० दिनका लागि जेल चलान गरिएको अदालतका तहसिलदार दीपेन्द्रनाथ योगीले बताए ।
मुद्दा दायर गर्ने पत्नीको भने मृत्यु भइसकेको अदालतले जनाएको छ । जाहेरी गर्ने पत्नीको मृत्यु भइसके पनि अदालतको फैसला कार्यान्वयनका लागि उनलाई जेल चलान गरिएको योगीले बताए, आजको कान्तिपुर दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses