चीनले बनायो ड्राइभर विनाको यात्रु बसयसरीगुड्यो (भिडियो सहित)
२०७२ असोज १४ गते १०:५५ मा प्रकाशित
इन्टरनेट कम्पनी गुगलले चालकवीहिन कारको परीक्षण गरिरहेको छ । तर गुगललाई माथ दिँदै चीनले भने विश्वमै पहिलोपटक चालक वीहिन यात्रुबाहक बस गुडाइदिएको छ । चिनिया गाडी निर्माता कम्पनी युटोंगले पहिलोपटक निर्माण गरेको चालकरहित बस खचाखच यात्रुहरु बोकेर ३२ किलोमिटर सफलतापूर्वक गुडेको छ ।
पूर्णत स्वचालित यो बस गुड्ने क्रममा कुनैपनि मानवीय सहायता यसलाई आवश्यक परेन । हेनान प्रान्तको सडकमा यो बसको परीक्षण गुडान भएको हो । १०.५ मिटर लामो यो बसले झेंगझोउ सहर र केइफेंग सहरसम्मको दूरी पार गरेको हो ।
यो यात्रुबाहक बसले ३२ किलोमिटरको दूरी पार गर्ने क्रममा २६ पटक ट्राफिक लाइटबाट गुज्रियो ।
त्यस्तै लेन पनि परिवर्तन गर्यो र अर्को गाडीलाई ओभरटेक गर्न समेत सफल भयो ।
भिडियो हेर्नुहोस्यो ड्राइभरलेस बसको प्रथम परीक्षण सफल भएपनि अझै व्यवसायिक रुपमा सडकमा उतारिने भने छैन र अझै पनि प्रयोगमै रहनेछ ।
चाइनिज एकेडेमी अफ इन्जिनियरिंगका इन्जिनियरहरु यो बसको निर्माणमा खटिएका थिए । सन् २०१२ देखि यो बसको निर्माण सुरु भएको थियो । स्मरण रहोस् विश्वकै पहिलो चालक रहित बस निर्माण गर्ने युटोंग चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी पनि हो ।
योे चालकवीहिन बसमा दुइवटा क्यामरा, ४ वटा लेजर राडार, एक सेट मिलिमिटर वेभ राडार तथा एकिकृत नेभिगेसन सिस्टम रहेको छ । कम्पनीका अनुसार यो कार ड्राइभर विना आफै चल्ने मात्र होइन मानिसले चलाउन समेत सकिने सिन्हवाले जनाएको छ ।
0 comments
Write Down Your Responses