जापानमा मनाइयो विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेला

POSTED ON : APRIL 8, 2015, IN : WORLD NEWS

एजेन्सी : जापानको कावासाकीमा प्रत्येक वर्ष लिङ्ग मेलाको आयोजना गरिन्छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित उक्त मेलामा सबै सामानहरु पुरुष लिङ्गको जस्तो आकारमा बनाइएको हुन्छ ।मेलामा लिङ्गजस्तै देखिने वस्तुहरु बोकेर मानिसहरु सडकमा हिँड्ने गर्छन् ।

 यतिमात्र होइन मेलामा सहभागीहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै हिँडेको समेत देख्न पाइन्छ । मेलालाई अविष्मरणीय बनाउनका लागि सहभागिहरुले ठूलो रकमसमेत खर्चने गर्छन् । यस वर्ष पनि यो मेला अप्रील ५ मा मनाइएको छ ।

 १७ आँै शताब्दीमा धारीलो दाँत गरेको दानव सुन्दर महिलासँग प्रेममा परेको त्यो प्रेम प्राप्तिका लागि आफ्नै दैत्य शक्ति प्रयोग गरेको र स्थानीय लोहारले उक्त दानवको धारीलो दाँत नष्ट गरिदिएपछि ती महिला उक्त दानवको नियन्त्रणबाट फुस्कन सफल भएको दिनलाई सम्झना गरि लिङ्ग मेला मनाउने गरेको विश्वास गरिन्छ । जापानका यौनकर्मीहरुले उक्त मेलामा आफुलाई सरुवा रोग नलागोस् भनेर प्राथना गर्ने गर्छन भने आज भोली यो मेलामा सुरक्षीत यौन सम्पर्क र एचआइभिबाट कसरी जोगीने भन्ने बारेमा पनि सचेतना गराइन्छ ।

0 comments

Write Down Your Responses