नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन सुरु, मैदानमा विद्या र गुरुङ -

कात्तिक ११काठमाडौं–

संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि पहिलोपटक राष्ट्रपति पदको लागि मतदान भएको छ ।नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् सचिवालयमा अहिले बिहान ११ बजेबाट नयाँ राष्ट्रपति चुन्न मतदान चलिरहेको छ । 

निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका पुराना नेता कुलबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । मतदान दिउँसो २ बजेसम्म चल्ने छ । मतदान सकिएपछि दिउँसो २ः३० बजेबाट मतगणना प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ ।

 निर्वाचन कार्यतालिकाअनुसार अपराह्न ४ः४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष प्रस्तुत गरिनेछ भने बेलुका ५ बजे बस्ने संसद्को बैठकमा मत परिणाम घोषणा गरिनेछ ।

0 comments

Write Down Your Responses