अख्तियार भारतको एजेन्ट भएको सनसनी खुलासा, भारतीय दुतावासको पत्रको आधारमा भन्सारमा अनुसन्धान तिब्र
POSTED ON : OCTOBER 28, 2015,
काठमाण्डौ । भारतको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल–भारत सीमामा हुने चाँदीको चोरीनिकासीबारे अनुसन्धान थालेको छ ।
भारतको सीमामा हुने चाँदीको चोरीनिकासी रोक्ने भनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागसँग जानकारी माग गरेको छ ।
अर्थ मन्त्रालय उच्चस्रोतका अनुसार काठमाण्डौ स्थित भारतीय दूतावासले सिधै अनुसन्धानको आग्रह गर्दैै अख्तियारलाई चिठी पठाएपछि त्यसैलाई आधार मानेर जानकारी माग गरिएको हो ।
कुनै पनि विदेशी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत मात्र अन्य सरकारी निकायसँग सम्पर्क गर्ने कूटनीतिक मान्यता छ ।
भारतीय दूतावासले सिधै पत्राचार गरेपछि अख्तियारले पनि त्यही आधारमा भन्सार विभागसँग जानकारी मागेको हो । नागरिक दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses