भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्युयोर्ककोआर्मोनियम चर्चमाएक्कासीछिरेपछि नारावाजी

October 22, 2015

 न्युयोर्कको मुटु म्यानहाटन स्थित आर्मोनियम चर्चमा कार्यक्रम शुरुभएको केहिवेर भएको थियो । हलभित्र एक्कासी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिरेपछि नारावाजी शुरुभयो, “नरेन्द्र मोदी मुर्दावाद, नाकावन्दी गर्न पाईदैन” । नाकावन्दीले आक्रान्त वनेका नेपालीहरु सिटवाट जुरुक उठेर उनीमाथी नाराले आक्रमण गर्न थालेपछि स्थित तनावपूर्ण भयो ।

 त्यहाँ खटिएका अमेरिकी सुरक्षाकर्मी स्वयंसेवकहरुले भीडलाई तितरवितर पारेपछि केहिवेरमा वातावरण सहज वन्यो र कार्यक्रम पुन अगाडी वढयो । नरेन्द्र मोदीको भेषमा कलाकार मनोज गजुरेल आफ्नो प्रस्तुतीको लागि हल भित्र छिर्दै गर्दाको अवस्था हो यो ।

 दर्शकदिर्घाहुदै स्टेजतिर लाग्नेवेलामा देखिएको यो दृष्यले उपशथित नेपालीहरुलाई साच्चिकैर आक्रोषित मात्र वनाएन भावुक पनि वनाएको प्रत्यक्ष देख्न सकिन्थ्यो । हास्य विधाका लोकप्रिय कलाकार गजुरेलले देशको वास्तविकतालाई प्रहषनमार्फत विदेशमा वस्ने नेपालीहरु माझ पुर्याईरहेका छन् । भारतीय मोदी भेषमा गरिएको उनको प्रस्तुतीबाट दर्शकहरुले मनोरन्जन मात्र लिएनन देशलाई नजिकवाट वुझ्ने मौका पाए ।

 उनको मोदी भेषको विशेष प्रस्तुतीसँगै पूर्व सामान्य प्रशाशन मन्त्री लालवावु पण्डितको प्रस्तुती पनि निकै रोचक देखिन्थ्यो । गजुरेल आफ्नो प्रस्तुतीलिएर विदेशदौडाहामा निष्कने क्रममा अहिले अमेरिकामा छन् । अमेरिकाको विभिन्न राज्यमा वस्ने नेपालीहरुमाझ पुग्ने क्रममा न्युयोर्कमा रहेको वालिड समुदायले हिजो शनिवार आयोजना गरेको कार्यक्रममा देखिएका हुन् ।

कार्यक्रममा गायिका आस्था राउतको प्रस्तुती पनि निकै आक्रर्षक वन्यो दर्शकहरुको लागि । चौवन्दिमा पटुकी वाँध्या छैन भन्दैमा भन्ने गीतले त्यहाँ उपश्थित नेपालीहरुलाई खुवै नचायो । देशको माया देखावटी पहिरन र रहनसहनमा नभएर मन भित्र हुन्छ भन्ने भावना वोकेको यो गीतले विदेशमा वस्ने नेपालीहरुलाई अझवढिनै छोएको महसुस गर्न सकिन्थ्यो ।
 Source : Setopati

0 comments

Write Down Your Responses