बिचित्र संसारमा बिचित्र मान्छे हेर्नुस कति डरलाग्दो भिडिओ

POSTED ON : OCTOBER 23, 2015, IN : विचित्र सन्सार

जिउको मासुमा सबैभन्दा धेरै सुरुंग बनाएर विश्व रेकर्ड कायम गरेका छन् एक लक्का जवानले । २२ वर्षका जर्मन युवक जोए मिग्लरले गिनिज बुकमा नाम त लेखाएका छन् तर उनले जे कामका लागि किर्तिमानको प्रमाणपत्र पाए त्यो देख्दा कसैले पनि उनलाई धन्यवाद दिने खालको छैन ।

 किनकी उनल साँच्चीकै डरलाग्दो तथा अनावश्यक र हानिकारक काम गरिरहेका छन् भनेर जो कोहीले पनि भन्छ ।उनले आफ्ना दुबै गालमा ठूला ठूला दुइवटा गोलाकार प्वाल पारेका छन् । ती प्वालबाट उनले आफ्नो जिब्रोलाई बाहिर निकाल्न सक्छन् ।

 जिब्रो पनि सद्दे कहाँ छ र, टुप्पोमा च्यातिएर दुइहाँगे भएको छ ।जिब्रोमा मात्र होइन उनले अनुहारका अन्य ११ ठाउँमा पनि प्वाल पारेका छन् । नाकदेखि ओठसम्म पारिएका ती साना ठूला प्वालहरुमा गच्छे अनुसारका ठेटी ठोकिएका छन् ।उनी १३ वर्षको हुँदादेखि यसरी जिउमा प्वाल पार्न थालेका रहेछन् ।

 अहिले त जिउमा प्वाल पार्नु उनका लागि लत जस्तै बनेको छ ।आफु आफ्नो जिउका सुरुंगका कारण निकै खुसी रहेको र सधै नयाँ नयाँ प्वाल पार्ने इच्छा रहेको उनी बताउँछन् ।

0 comments

Write Down Your Responses