कस्तो अचम्म दशैको अन्तिम दिनमा आफु पनि अन्तिम हुनुपर्ने भिडिओ सहित
गोरखा : बिहानै उठेर चुल्हो सल्काउन खोज्दा फैलिएको आगो शरिरमा सल्केर जल्दा गोरखामा एक वृद्धको ज्यान गएको छ ।
गोरखाको गुम्दा गाविस–९ निवासी ७८ वर्षीय टिजनकान्छा गुरुङको बिहीबार बिहान जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार चुल्होबाट फैलिएको आगोले उनको घर पनि जलेर ध्वस्त भएको छ । बिहानै घरमा सल्किएको आगो निभाउने स्थानीयबासीको प्रयास असफल भयो । गाउँलेले वृद्धलाई पनि बचाउन सकेनन् ।

0 comments
Write Down Your Responses