बाबुरामको नयाँ शक्तिमा गगन थापा र एमालेकी चर्चित नेतृ झाँक्री
POSTED ON : NOVEMBER 3, 2015, IN : NEWS
काठमाडौँ, १७ कात्तिक : देश जटिल परिस्थितिमा पुगेको बेला एमाओवादीबाट अलग भएका डा बाबुराम भट्टराईले बनाउन लागेको नयाँ शक्तिमा अवकाश प्राप्त गरेपछि गुमनाम जस्तै भएर बसेका केही पूर्वप्रशासक, पूर्व राजदुत, जनताबाट तिरस्कृत र आउटडेटेड राजनीतिक व्यक्तिहरुले मात्र साथ दिने देखिएको छ।
२०७२ कात्तिक १५ गते बाबुरामले नयाँ शक्ति गठनका लागि डाकेको बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको भेलामा पार्टी चहार्दै हिड्ने रामचन्द्र झा, रामकुमार शर्मादेखि प्रभु साह लगायतको उपस्थिति थियो। गाली गलौज गर्न खप्पिस सीकेलालदेखि खगेन्द्र संग्रौलासम्म र जातिवादी नेताहरुको उपस्थिति बाबुरामको भेलामा थियो।
बाबुरामको भेलामा नेपाली कांग्रेसका प्रदीप गिरी, दमननाथ ढुंगाना र एमालेकी रामकुमारी झाँक्री पनि उपस्थित थिए।
बाबुरामले बनाउने नयाँ शक्तिको बारेमा छलफल गर्न बोलाइएको भेलामा एमालेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, रविन्द्र अधिकारी लगायतलाई बोलाइएको भए पनि उनीहरु गएनन्।
एमालेबाट बाबुरामको भेलामा महिला नेतृ झाँक्रीमात्र गएकी थिइन्।
नेपाली कांग्रेसका प्रदीप गिरी सहभागी हुनुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ। गिरीमात्र होइन, गगन थापा पनि बाबुरामको नयाँ शक्तितिर आकर्षित हुन थालेको चर्चा भइरहेको छ। तर, थापा कात्तिक १५ को भेलामा उपस्थित भएनन्।
दृष्टि साप्ताहिकबाट
0 comments
Write Down Your Responses