निजी सवारीलाई ३ दिन तेल बाँडिने, आधा सिलिण्डरको ग्यास डिपोबाटै -
२०७२ कार्तिक १६ गते
, काठमाडौं - नेपाल आयल निगमले आगमी १९ गतेदेखि २२ गतेसम्म निजी सवारीलाई पनि तेल वितरण गर्ने भएको छ । साथै आधा सिलिण्डरको ग्यास डिपोबाटै वितरण गरिने भएको छ ।
चीनले अनुदानमा दिएको तेलको पहिलो खेल अर्थात ९८ हजार लिटर पेट्रोल काठमाडौं भित्रिएकै दिन सोमबार आयल निगमले काठमाडौंमा निजी सवारीलाई तेल वितरण गर्ने निर्णय गरेको हो ।
निजी तथा सार्वजनिक गरी ५० भन्दा बढी पम्पबाट तेल बाँडिनेछ । जसका लागि सवारीको दर्ताको लट अनुसार दिन तोकिएको निगमका निमित्त निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए ।
निगमका अनुसार १ देखि ३० लटमा दर्ता भएका निजी मोटरसाइकलले १९ गते बिहीबार पेट्रोल पाउनेछन् । यस्तै ३० देखि ५० को लटका मोटरसाइकललाई २० गते शुक्रबार तेल दिने र ५० भन्दा माथिका लटका मोटरसाइकललाई शनिबार पेट्रोल बाँडिने छ ।
यस्तै निजी कार तथा जिपले पनि लट अनुसार पेट्रोल पाउने छन् । बिहीबार १ देखि ५ लटका कारले तेल किन्न पाउनेछन् भने शुक्रबार ६ देखि ८ र शनिबार त्यसभन्दा माथिका लटका कारले भने शनिबर पेट्रोल पाउने निगले जनाएको छ ।
कारलाई १० तथा मोटरसाइकलले ५ लिटर पेट्रोल दिइनेछ ।
डिपोहरुबाटै ग्याँस वितरण हुने
आयल निगमले आधा सिलिण्डरको ग्यास आधिकारिक विक्रेता अर्थात डिपोहरुबाटै वितरण गर्ने निर्णय पनि गरेको छ ।
उद्योगबाट वितरण गर्दा विवाद हुनुका साथै सार्वसाधारणले सास्ती भोग्नु परेपछि डिपोहरुबाटै वितरण गर्न लागिएको हो । अब उद्योगमा लाइन बस्नेहरुले ग्यास पाउने छैनन् ।
उपत्यकामा करिव ८ सय डिलरहरु छन् । तर, माग अनुसार ग्यास नआएकाले वितरणमा समस्या नहोला भन्न सकिन्न ।
0 comments
Write Down Your Responses