नाकाबन्दी अनुचित भएको भन्दै भट्टराईले गरे आलोचना

कान्तिपुरबाट

काठमाडाैं, १६ कात्तिक - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतद्वारा जारी नाकाबन्दी अनुचित भएको भन्दै आलोचना गरेका छन् । मधेसमा जारी आन्दोलनको निहूमा भारतले झण्डै डेढ महिनादेखि पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक बस्तुहरुको आवागमनमा गरेको नाकाबन्दी नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि अतिक्रमण भएको उनले बताएका छन् । 

 ’जुनसुकै कारण वा बहानामा भए पनि एउटा भू-परिवेष्ठित मुलुकले पाउनुपर्ने अकुण्ठित पारवहन अधिकार र द्विपक्षीय सम्झौताको उल्लंघन नेपालको स्वाधीनता र सार्वभौमिकतामाथिको अतिक्रमण हो र प्रत्येक स्वाभिमानी नेपालीले एक स्वरले त्यसको विरोध गर्नैपर्दछ,’ राजधानीमा आइतबार आयोजित ’समकालीन नेपाली राजनीतिका आन्तरिक र बाह्य चुनौतिहरु’ शीर्षक अन्तक्र्रियामा लिखित पत्र प्रस्तुत गर्दै भट्टराईले भने ।

 ’राष्ट्रिय हितको विषयमा राजनीतिक दल र नागरिकहरुको बीचमा जतिसुकै आपसी मतभेद र कटुता भए पनि एउटै साझा धारणा बन्नुपर्दछ, जुन अहिले हुन नसक्नु दु:खद् विषय रहेको छ ।’ भट्टराईले मधेशको आन्दोलन र भारतीय नाकाबन्दीलाई एउटै डालोमा हालेर समस्या सुल्झाउन नसकिने तर्क राखेका छन् ।

0 comments

Write Down Your Responses