जलविद्युत कम्पनीको सेयरमा दुई दिनमै साढे ३ अर्बको आवेदन
२०७२ कार्तिक १५ गते
१५ कात्तिक, काठमाडौं - जलविद्युत लगानी तथा बिकास कम्पनीले जारी गरेको एक अर्ब करोड ८६ करोड रुपैयाँको साधारण सेयरमा दुई दिनमै ३ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको छ । यही १२ गतेदेखी कम्पनीले सेयर निस्कासन गरेको हो ।
मुलुकभर ३१ वटा संकलन केन्द्रबाट दरखास्त फारम बुझाउने व्यवस्था भएकोमा उपत्यका बाहिरका संकलन केन्द्रबाट १ लाख २५ हजार र उपत्यकाका संकलन केन्द्रबाट २ लाख ७५ हजार सेयरका फारम वितरण भैसकेको छ ।
यस अवधिमा करिव ४० हजार फारम मात्रै संकलन भएका छन ।
ग्राहकको मागलाई ध्यानमा राखी फारम छपाइको कामसँगै वितरण कार्य पति सँगसँगै भइरहेको बताइएको छ ।
कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रवन्धकमा नागरिक लगानी कोष, सह निस्काशन तथा बिक्री प्रवन्धक एनसिएम मर्चेन्ट बैकिंग तथा एनएमवि क्यापिटल लिमिटेड रहेका छन् ।
0 comments
Write Down Your Responses