ब्रेन ट्युमरको उपचारमा अहिलेसम्मकै ठूलो उपलब्धी
वैज्ञानिकहरुले ब्रेन ट्युमरको उपचारमा अहिले सम्मकै ठूलो उपलब्धी हासिल गरेका छन् । ब्रेन ट्युमरको उपचारमा प्रयोग गर्ने औषधिलाई रक्त अवरोध हटाएर मष्तिष्कमा रहेको ट्युमरसम्म पूराउन वैज्ञानिकहरु सफल भएका हुन् ।
बेलायतको युनिभर्सिटी अफ साउथ पोर्टस्माउथस्थित ब्रेन ट्युमर रिसर्च सेन्टरले एस्पि्रन औषधिको एक यस्तो घुलनशील द्रव्य विकशित गरेको छ जसले मस्तिष्कसम्म कुनैपनि पदार्थ पुग्ने बाटोमा रहेको तगारो हटाएर ट्युमरसम्म औषधिलाई पुग्ने बाटो बनाइदिन्छ ।
प्रयोगशालामा परीक्षणका दौरान यस बाट मष्तिष्कका स्वस्थ कोशिकाहरुलाई हानी नपूराइकन क्यान्सर कारक ग्लियोब्लास्टोमा कोशिाहरुलाई नष्ट गर्न सकिन्छ ।
युनिभर्सिटकिा ब्रेन ट्युमर अनुसन्धान केन्द्रका प्रमुख स्यू फ्यारिंगटनका अनुसार यो अनुसन्धान भविष्यमा मस्तिष्क क्यान्सर रोगको उपचारमा गेेम चेन्जर बन्न सक्दछ ।
अन्य क्यान्सरका तुलनामा ४० वर्षको उमेरभन्दा पहिले ब्रेन क्यान्सरबाट धेरै मानिसको मृत्यु भएको पाइन्छ ।
मस्तिष्कमा रगत, मस्तिष्क तगारो यस्तो ढालस्वरुपमा रहेको हुन्छ जसले मस्तिष्कलाई विभिन्न जिवाणुहरुबाट बचाउँदछ । यसले मस्तिष्कसम्म केवल रगत, पानी तथा केही ग्यास र घुलनशील अणुहरुलाई मात्र जान दिन्छ ।
यो निकै नै सुरक्षित प्रणाली स्वस्थ मानिसमा अत्यावश्यक छ तर यहीँ प्रणालीका कारण ब्रेन ट्युमर भएको मानिसको उपचारका लागि प्रयोग गरिने औषधि मस्तिष्क सम्म पुग्न पाउँदैन ।यद्यपि गत वष नै वैज्ञानिकहरुको एक टोलीले केमो थेरापी विधिद्धारा औषधिलाई ठीक ठाउँमा पूराउने विधि पत्ता लगाएका थिए । तर बेलायती वैज्ञानिकहरुले पत्ता लगाएको पछिल्लो विधि सबैभन्दा सरल तथा भरपर्दो देखिएको छ ।
एजेन्सी


0 comments
Write Down Your Responses